Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपाली सधै नेपाली नै हुन्छ भूतपूर्व वा वर्तमान भन्ने हुदैंन’

आइतबार, ०३ असार २०७५, ११ : ४४ मा प्रकाशित

‘नेपाली सधै नेपाली नै हुन्छ भूतपूर्व वा वर्तमान भन्ने हुदैंन’

अर्थ संसार, सानफ्रान्सिस्को अमेरिका –पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै नेपाली सधै नेपाली नै हुन्छ भुतपुर्व वा वर्तमान भन्ने हुदैंन भन्नुभएको छ ।

गैर आवासिय नेपाली संघ र एनआरएनए अमेरिका व्दारा आयोजित विज्ञ सम्मेलनको शनिवार उद्धाटन समारोहमा सम्बोधन गर्दै मन्त्री अधिकारीले उक्त अभिव्यक्ति दिनुभएको हो ।

हामी नेपाली जहां वसेपनि नेपाली नै हौं मन्त्री अधिकारीले भन्नुभयो- ‘देश बनाउने क्षमता नेपालकोले मात्र पुग्दैन गैरआवासीय नेपालीहरुको सहयोग र सकृयता पनि चाहिन्छ । अव तपाई यता (विदेश) र उता (नेपाल) बस्ने सवै नेपाली हातेमालो गरेर अगाडि बढ्ने हो । तपाइहरु सबै धनी र सम्पन्न हुनु भयो भने पनि देश सम्पन्न हुन सकेन भने सुखी र खुसी हुन सक्नुहुन्न । त्यसैले देशलाई समृध्द बनाउने काममा हामी सबै लाग्नु जरुरी छ ।’

वर्तमान सरकारकै एक जना मन्त्रीले केही समय अघि विदेशमा स्थायी रुपमा वस्ने नेपालीलाई भुतपुर्व नेपाली हुन भनेको विषयप्रति अमेरिकाका नेपालीहरुले आक्रोस व्यक्त गर्दै मन्त्री अधिकारीलाई यसवारेमा प्रश्न उठाएका थिए । यही क्रममा मन्त्री अधिकारीले उक्त अभिव्यक्ति दिनुभएको हो ।

सरकारले विदेशमा वस्ने नेपालीको दक्षता र दक्षतालाई राम्रो संग वुझेको छ मन्त्री अधिकारीले भन्नुभयो हामी संविधानमा उल्लेखित एनआरएन नागरिकता दिने प्रावधान प्रति प्रतिवद्ध छौं यो आउने बर्ष भित्र आवश्यक कानुन तयार भएर आउंछ ।उहाँले सरकार एनआरएनलाई साथ लिएर हिड्न तयार रहेको पनि स्पष्ट पार्नुभयो ।


नेपाली जनसम्पर्क समितिका पुर्व संयोजक विष्णु सुवेदीले वर्तमान सरकारका मन्त्रीले विदेशमा वस्ने नेपालीलाई पुर्व नेपाली भनेकोमा आपत्ति जनाउंदै सरकारको धारणा राख्न भनेका थिए । सहभागीहरुले पनि यस विषयमा बोल्न मन्त्री अधिकारीलाई आग्रह गरेका थिए ।

पूर्व परराष्ट्र तथा अर्थ मन्त्री डा प्रकाशचन्द्र लोहनीले एनआरएनलाई कुन प्रकृयाबाट उपयोग गर्ने यो स्पष्ट गरेर जांदा नेपाललाई फाइदा हुने बताउनुभयो । पुर्व मन्त्री डा लोहनीले देशको स्वतन्त्रता, नेपालमा भएका मानवअधिकारका हनन जस्ता विषयमा पनि आवाज उठाएर विदेशमा बस्ने नेपालीले विगतमा पनि दवाव दिदै आएको र आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने बताउनु भयो ।

पूर्व पर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसालले नेपाली कुनै पद होइन जुन पूर्व र वर्तमान हुन सकोस् यो त भावना र संस्कृति भएकाले कानूनी जस्तो हैसियत फेरिने कुरै होइन भन्नुभयो ।

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले सम्बोधनका क्रममा आफू अमेरिकाको अस्थायी राजदुत भएको तर यहाँ बस्ने गैरआवासीय नेपालीहरु स्थायी राजदुत भएको बताउनु भयो । उहाँले नेपालीहरुले विभिन्न देशको विकास र समृध्दिमा योगदान दिइरहनु भएको छ भने नेपालको समृध्दिमा योगदान दिन सक्ने कुरामा कुनै शंका छैन भन्नु भयो ।

एनआरएनएका अध्यक्ष भवन भट्टले सबै हात एकै साथको भावना अनुसार बढ्ने वेला भएको बताउँदै यसको सुरुवात सरकारले प्रधानमन्त्रीको राजकीय भ्रमणहरुमा एनआरएनएलाई सहभागी गराएर गरेको हामीले अनुभुति गरेका छौं भन्नुभयो । उहाँले अगाडि भन्नुभयो - ‘नेपाल समृद्धि तर्फ अघि वढिरहेको छ यसमा हामी विदेशमा बस्नेहरुले पनि आफ्नो भूमिका खोजेर सहयोगी बन्नु पर्छ । नेपाललाई समृध्द बनाउन देशभित्रको स्रोत साधनले मात्रै पुग्दैन त्यसैले बाहिरको प्रविधि र स्रोत साधन भित्र्याउन सक्नु पर्छ । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि धेरै देशहरुसंग व्दैध कर सम्झौता लगायतका सन्धिहरु गर्नु आवश्यक छ ।’

राज्यको जिम्मेवार व्यक्तिवाट गैरआवासीय नेपाली प्रति लक्ष्यित अभिव्यक्ति नआएको भए हुन्थ्यो एनआरएनएका पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछानेले भन्नुभयो तर, एक जना मन्त्रीबाटै यस्तो अभिव्यक्ति आयो भनेर चिन्ता पनि नगर्नु होला । हामीलाई संविधानले नै हाम्रा हक अधिकारको संरक्षण गरेको छ ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका कृष्ण लामिछाने जनसम्पर्क समिति अमेरिकाका विष्णु सुवेदी एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले अमेरिकाका उपाध्क्ष उमाकान्ति थापाले पनि सम्बोधन गर्नु भएको थियो भने अमेरिकाजका क्षेत्रीय संयोजक गौरी जोशीको सभापतित्वमा भएको उद्घाटन समारोहमा अमेरिकाका अध्यक्ष डा केशव पौडेलले स्वागत र आइसिसि सदस्य डिल्ली भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

शनिवार दिनभर विभिन्न विषयका ३० जना विज्ञले शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, समाजिक क्षेत्र लगायतका विषयमा विदेशमा बसेर प्राप्त ज्ञानलाई कार्यपत्रका रुपमा प्रस्तुत गर्नु भएको थियो । नेपालले विदेशका नेपालीहरुले आर्जित यी दक्षता र क्षमतालाई कसरी नेपालीमा लैजान सकिन्छ यस विषयमा छलफलहरु भएका थिए ।
विज्ञ भेला शनिवार समाप्त हुन्छ । आइतवार एनआरएनए अमेरिकाको सातौं बार्षिक साधारण सभा हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको