Like us!
Follow us!
Connect us!
Watch us!

यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने

आइतबार, ०३ असार २०७५, १४ : ०३ मा प्रकाशित

यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने


अर्थ संसार, काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ ।

विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गत खर्च रकमलाई कटौती गरियोस् भन्ने प्रस्तावमाथिको छलफल चलेको छ ।

उक्त शीर्षकमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका मानबहादुर विश्वकर्माले स्थानीय तहलाई सक्षम बनाउन बजेट अपुग भएको र दलितमाथि बजेटले भेदभाव गरेको बताउनुभयो ।

काँग्रेसकै रामबहादुर विष्टले यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने बताउँदै वातावरण विनाश भई शहर प्रदूषित हँुदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । काँग्रेसकी लक्ष्मी परियारले जंगल विनाश भइरहेकामा चिन्ता व्यक्त गर्दै नीतिगत भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाउनुभयो । काँग्रेसकै सञ्जयकुमार गौतमले विनियोजित बजेटले महँगी बढाएको विचार राख्नुभयो ।

नेमकिपाका प्रेम सुवालले सरकारले महिला बेचबिखन नरोकेको, बालश्रम उन्मूलनमा ध्यान नदिएको तथा छाउपडी, झुमा र देउकी प्रथाका बारेमा नबोलेको आरोप लगाउनुभयो । राजमोकी दुर्गा पौडेलले कर्मचारी प्रशासनबाट सुशासनको अनुभूति नभएको अनुभूति पोख्नुभयो ।  रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको