Like us!
Follow us!
Connect us!
Watch us!

पार्टी व्यवस्थापन गर्नुपर्छ -नेता पौडेल

सोमबार, ०४ असार २०७५, १२ : ५५ मा प्रकाशित

पार्टी व्यवस्थापन गर्नुपर्छ -नेता पौडेल

अर्थ संसार, चितवन– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ ।

त्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताउनुभयो ।

पार्टी विधानअनुरुप चल्नु पर्नेमा जोड दिँदै नेता पौडेलले पार्टीलाई स्वच्छ, पारदर्शी ढङ्गले चलाउन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी व्यवस्थापनभन्दा पनि अहिले जेनतेन चलिरहेको बताउँदै उहाँले अब कसरी चल्छ हेर्दै जाने उल्लेख गर्नुभयोे ।

मंगलबारदेखि हेटौँडामा हुने जिल्ला सभापतिहरुको भेलामा उहाँहरूको विचारलाई समेटेर पार्टीलाई अघि बढाउन सहज हुने नेता पौडेलले बताउनुभयो ।

सभापतिहरुले प्रदेशहरुमा छलफल गरी पार्टीको विधान, संगठन, निर्वाचनको मूल्याङ्कन गर्दै आ–आफ्ना धारणा राख्ने र यसले पार्टीलाई भविश्यमा कसरी सुदृढ बनाउने भन्ने विषयमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको नेतृत्वले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसकेको प्रमाणित गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई सुधार्नु प¥यो, संस्थागतरुपमा चलाउनुप¥यो, नियमसंगतरुपमा पार्टी अगाडि बढ्नुप¥यो ।” कार्यकर्ताको भावनाअनुसार पार्टी नचलेको भन्दै उहाँले अब पार्टीलाई संस्थागतरुपमा चलाउनुपर्नेमा जोड दिनुभएको हो ।

नेतृत्वको कमजोरीका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको उहाँको भनाइ थियो । हेटौँडामा हुने सभापतिको भेलामा सहभागी हुन पौडेल र सिंह आज चितवन आउनुभएको हो ।  रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको