Like us!
Follow us!
Connect us!
Watch us!

११९ सदस्य टोली बोकेर प्रधानमन्त्री चीन प्रस्थान

मंगलबार, ०५ असार २०७५, १० : २८ मा प्रकाशित

११९ सदस्य टोली बोकेर प्रधानमन्त्री चीन प्रस्थान

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली  मंगलबार विहान छिमेकी देश चीन प्रस्थान गरेका छन् ।

६ दिने चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुका साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

को को छन  त भ्रमण टोलीमा ?

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा ११९ सदस्य छन् । टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला विज्ञ  डा। राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा। राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा लगायत छन् ।

यो पनि पढ्नुहोस्

बिकेन एनएमबि बैंकको एफपिओ, जानीजानी पैसा किन डुवाउने ?-लगानीकर्ता

सुधारको संघर्षमा सेयर बजार 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको