Like us!
Follow us!
Connect us!
Watch us!

अर्जेन्टिना र नेपालको सम्बन्ध

बुधबार, ०६ असार २०७५, १५ : ०१ मा प्रकाशित

अर्जेन्टिना र नेपालको सम्बन्ध

फुटबलमा मलाई टिम अर्जेन्टिना ठिकै लाग्छ । त्यो भन्दा राम्रा पनि थुप्रै टिम छन । तर, हावाको भरमा झुट र मनगढन्ते कुरा बनाएर अर्जेन्टिना प्रती नेपालीको मनमा घ्रीणा फैलाएको मन परेन ।

तिनीहरुले आफ्ना वच्चाहरुलाई कस्तो झुट शिक्षा दिईरहेका होलान भनेर दया लाग्छ । वच्चालाई गलत नसिकाउनुस, तथ्यविहिन ज्ञानले भविष्यमा ऊ पछि पर्छ :


अर्जेन्टिना र नेपालसम्बन्धी केही भ्रम र पत्ता लागेका तथ्य यस्ता छन् :

१. नेपाल अर्जेन्टिनाबीच युद्ध भए झै हल्ला हुनुस् फक्ल्याण्ड टापुको विषयमा बेलायत र अर्जेन्टिनाबिच सन १९८२, अप्रिल २ देखि ७४ दिन लामो युद्ध भएको थियो । धेरै टाढाको बेलायतलाई यो युद्ध लड्नु जोखिमपूर्ण थियो र धेरै सैनिक मारिन सक्ने सम्भावना थियो ।

युद्धमा मरेका बेलायती सेनाको परिवारलाई वेलायती सरकारले ठूलो धनराशी दिनु पर्ने व्यवस्था छ । तर, अन्य देशबाट ल्याएका सेना मरेमा आफ्ना मृतसेनाको परिवारको तुलनामा सनो अंस दिदा पुग्ने नियम त्यस समयमा थियो । सामरिक र रणनीतिक हिसाबले बेलायतलाई फकल्याण्ड युद्ध जित्नै पर्ने बध्यता थियो ।

भारात छोडेर जादा बेलायतले सस्तो गोर्खाली सेनाका २ पल्टन सङ्गै लगेको थियो । त्यसैले मर्न नडराउने, मरेमा थोरै पैसा दिदा हुने, धेरै सेना मरे पनि देश भित्र बिरोध नहुने र भरसक युद्ध जित्न सक्ने हतियारको रूपमा बेलायतले गोर्खा पल्टनलाई फकल्याण्ड्मा लडाएको हो । भलै उनिहरु मध्ये धेरै नेपाली नागरिक थिए होलान, उनिहरुले त्यो नरसंहार नेपालको लागि होइन बेलायतको लागि मच्चाएका थिए ।

नेपाली भएर होइन, बेलायती भएर लडेका थिए । २५५ बेलायती सेना मारिदा नेपालीमूलका बेलायती सेना पनि मारिएका थिए । अर्काको मुलुकमा रोजिरोटीकालागी मर्नेमार्ने काम ९सेनाको जागीर० मा गएका आफन्त गुमाउदा नेपाली दुखी भए । तर, यश युद्धको पक्ष वा बिपक्षमा नेपाल सरकार कहिल्यै देखिएन । त्यसैले जनस्तरको सहानुभुती बाहेक नेपालमुलुकको फकल्याण्ड युद्धसङ्ग कुनै साइनो देखिदैन ।

२. अर्जेन्टीनाको पाठ्यक्रममा नेपाल बिरुद्ध पढाइन्छस् मैले मेरा अर्जेन्टिनी मित्र क्यामिलासङ्ग पाठ्यक्रम सम्बन्धी उक्त कुरा रुजु गर्न अनुरोध गरेको थिएँ । उनले बताए अनुसार हिजो सम्ममा उनले १० कक्षा सम्मका सरकारी कोर्सका पुस्तक चेक गरे रे । एक ठाउँमा माउण्ट एभरेस्ट्को नाम उल्लेख भएको तर नेपाल र नेपालीको सम्बन्धमा अन्त कतै केही नभेट्टाएको बताए ।

३. अर्जिन्टिनाका मानिसले नेपालीलाई घृणा गर्छन् स् क्यमिलाका अनुसार अर्जिन्टिनाका प्रायस् मानिसले नेपाल चिनेको वा सुनेको छैन । घृणा गर्ने कुरो वकवास हो ।

४. अर्जेन्टीनाले नेपालीलाई भिसा दिदैनस् नेपालमा अर्जेन्टिनाको दुतावास छैन, दिल्ली स्थित दुतावासले नेपाल पनि हेर्छ । भारतीय नागरिकले जुन शर्तमा भिसा पाउछ नेपाललाई पनि त्यही शर्त रहेको छ, पक्षपात छैन । व्यापार, भ्रमण, शिक्षा र रोजगारीका लागि सयौंको सन्ख्यामा नेपालीहरु अर्जेन्टिना पुगेकाछन । नियमानुसार जानेलाई कुनै बाधा छैन । युद्ध गरेको बेलायतलाई त भिसा रोकेको रहेनछ - नेपालको कुरा !

५. नेपाली झण्डा जलाएको कुरो स् अर्जेन्टिनाले नेपाली झण्डा जलाएको कुनै समचार, भिडिओ वा पुस्तक भेटिएन । फेरी नेपाल देश नै नचिन्नेले झण्डा जलाएको भन्ने कुरा पत्याउन सकिएला त ?


६. भौगोलिक हिसाबले दक्षीण एशियामा रहेको नेपाल र दक्षिण अमेरिकाको अर्जेन्टिना बिच कुनै उल्लेख्य ब्यापारिक सम्बन्ध देखिदैन ।

मैले बुझेको पस्किए । तपाईंको बिचार के होलारु

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको