Like us!
Follow us!
Connect us!
Watch us!

कोरिया रोजगारी : १० वर्षमा १०७ नेपालीको मृत्यु, १९ को आत्महत्या !

विहीबार, १४ असार २०७५, ०८ : ११ मा प्रकाशित

कोरिया रोजगारी : १० वर्षमा १०७ नेपालीको मृत्यु, १९ को आत्महत्या !

काठमाडौं-रोजगारीका लागि कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ ।

पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली ९ईपीएस० शाखाले जनाएको छ ।

ईपीएस शाखामा अनुसार सन् २०१८ को जुन महिनासम्ममा मात्रै रोजगारीका लागि कोरिया पुगेका ६ कामदारले ज्यान गुमाइसकेका छन्, जसमा एक जना कामदारले आत्महत्या गरेको शाखाको रिर्पोटमा उल्लेख छ । एक जनाको स्वाभाविक मृत्यु भएको थियो भने दुई जनाको सुतेको अवस्थामा र दुई जनाको कार्यस्थल दुर्घटनामा परी ज्यान गएको ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए।

नेपाल र कोरिया सरकारकार बीच सन् २००७ मा भएको दुई पक्षीय श्रम सम्झौतापछि सन् २००८ देखि ईपीएस भाषा परीक्षा पास गरेर नेपाली कोरियाको रोजगारीमा जाने थालेका हुन् ।

यसअघि सन् १९८० देखि नेपालबाट रोजगारी र विभिन्न व्यक्तिगत कामका लागि नेपाली कोरिया जाने गरेका थिए । दश वर्षकै अवधिमा नेपालबाट ६० हजारभन्दा बढी युवा रोजगारीको सिलसिलामा कोरिया पुगिसकेका छन् ।

दश वर्षकै अवधिमा कोरियामा १९ जना नेपालीले आत्महत्या गरिसकेका छन् । यसैगरी सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या १५, कार्यस्थल दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने १२ रहेको शाखाले जनाएको छ । यसबाहेकको मृत्यु भने स्वभाविक, हत्या, सडक दुर्घटना र कारण नखुलेको रहेको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको