Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ बेच्ने अनुमति पायो युनियन हाइड्रोपावरले, ७ लाख ५० हजार कित्ता सेयर निश्कासन गर्दै

शुक्रबार, १५ असार २०७५, १२ : ०१ मा प्रकाशित

आइपिओ बेच्ने अनुमति पायो युनियन हाइड्रोपावरले,  ७ लाख ५० हजार कित्ता सेयर निश्कासन गर्दै

अर्थ संसार, काठमाडौं– धितोपत्र बोर्डबाट  युनियन हाइड्रोपावरले ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको छ ।  

सेयर विक्रीको लागि सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरिसकेको छ ।

कम्पनीले प्रभावित स्थानीय बासिान्दाका लागि आइपीओ बिक्री गर्ने अनुमति दिएको हो ।आइपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ ।

यस हाइड्रोपावरले पहिलो चरणमा स्थानीयलाई १० प्रतिशत सेयर जारी गरेर बाँडफाँट पश्चात सर्वसाधारणलाई पनि आइपीओ जारी गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।

हाल युनियनले लमजुङ जिल्लाको करपुटारमा ३.३ मेगावाट मिदिम खोला आयोजना निर्माण गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल बैंकको एफपिओ आजदेखि, आवेदन दिदाँ फाइदा कि नोक्सान ?

प्रधानमन्त्रीको कथन : ढुकुटी रित्तो भएकाले वृद्धभक्ता बढेन, आगामी वर्ष बढ्छ 

आज असार १५ : जनसङ्ख्या बढेर दोब्बर, धान उत्पादन भने कछुवा गतिमा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको