Like us!
Follow us!
Connect us!
Watch us!

श्रीमतीलाई भेट्न ससुराली आएका रोशनसिंहले गरे घरभित्र आत्महत्या

शुक्रबार, १५ असार २०७५, १७ : ०० मा प्रकाशित

श्रीमतीलाई  भेट्न  ससुराली आएका रोशनसिंहले गरे घरभित्र आत्महत्या


शंखर पहाडी,गौरब

अर्थ संसार, काठमाडौं–  श्रीमतीलाई भेट्न ससुराली आएका रोशन सिंह  ठकुरीले शुक्रबार करिव १२ बजेतिर आत्महत्या गरेका छन् । पातली गाउँ पालिका–५ का रोशनसिंह ठकुरी विहीबार बेलुका आफ्नो श्रीमती भेट्न ससुराली (सिन्धुलीको गोलन्जोर २ )  आएका थिए ।

आज दिउँसो ससुरालीको घरको आफु सुत्ने कोठमा झण्डीको अवस्थामा फेला परेपछि श्रीमतीको आफन्तले ग्वाल्टार प्रहरीलाई खवर गरेका थिए ।

 खवर पाए लगत्तै प्रहरी घटना स्थलमा पुगेको ग्वाल्टार प्रहरीले जनाएको छ । कोठमा झुण्डीएका ठकुरीलाई आफन्तले डोरी फुकाइसकेको थिए । किन आत्महत्या गरे त्यसको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको