Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो, झण्डै ४३ अंकले घट्यो बजार

सोमबार, ११ पुस २०७३, १५ : ५४ मा प्रकाशित

सेयर बजारमा पहिरो, झण्डै ४३ अंकले घट्यो बजार

अर्थ संसार
काठमाडौं–सेयर बजारमा साताको पहिलो दोस्रो पहिरै गएको छ । निरंतर थोरै थोरै अंकले घटिरहेको बजार सोमबार भने ४३ अंकले घटेको हो । यस दिन बजार झण्डै ३ प्रतिशतले ओरालो लागेको छ । पर्याप्त तरलता नहुँदा ब्याजदर बढेकाले लगानीकर्ताहरु आत्तिएकाले बजार घटेको केही विज्ञको विष्लेषण छ । लगानीकर्ताहरु भने बजारमा चलखेलले यस्तो अबस्था आएको आरोप लगाएका छन् । उनीहरुले बजार बृद्धिका लागि केही मागहरु राखेर आन्दोलनकै घोषणा गरेका छन् । 
बजारमा आइतबार बैंक ४०.८६ अंक, होटल ३७.०५ अंक, विकास बैंक ३३.१९ अंक, हाईड्रा ४४.१६ अंक, वित्तिय १९.९४ अंक, इन्सुरेन्स ३११.०१ अंक र अन्य १८.८ अंकले घटेका छन् । घटेको बजारमा पनि जनउत्थान सामुदायिक लद्युवित्त विकास बैंकका लगानीकर्ताले आफ्नो आम्दानी ९.९७ प्रतिशतले बढाएका छन् । यस जनउत्थान सामुदायिक लद्युवित्त विकास बैंकको सेयर मुल्य १६४ रुपैयाँले बढेको छ ।

त्यसै गरी मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाको लगानीकर्ताले ९.८६ प्रतिशतले आफ्नो आम्दानी बढाएका छन् । निरन्तर कमाउँदै आएका एनवि इन्सुरेन्स कम्पनीले सोमबार पनि आफ्नो लगानीर्ताको आम्दानी ७.७४ प्रतिशतले बढाउन सफल भएको छ । यता घटेको बजारमा उच्च मुल्यले नाबेली लद्युवित्त विकास बैंक ९.९८ प्रतिशतले घटेको छ । त्यसै गरी कर्णाली डेभलपमेन्ट बैंक ९.९५ प्रतिशतले घटेको छ ।

 सोमबार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) ४२.८४ अङ्कले घटेर परिसूचक १४३२.५७ विन्दुमा आइपुगेको छ । एक सय ३० कम्पनीको १५ लाख ५० हजार दुई सय ५५ कित्ता सेयर ४८ करोड १२ लाख ४७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यो पनि पढ्नुहोस्

सिद्धार्थ इन्स्योरेन्सको बोनसपछि सेयर मूल्य समायोजन

पूँजी बजारमा भएको चलखेलविरुद्ध नेप्सेमा लगानीकर्ताले धर्ना दिने

‘मरेकी’ आमासँग जम्काभेट

रोसी खोलामा सुबास र रोहनीको रोमान्स (भिडियो सहित)

नेप्से र दलालहरु मिलेर धितोपत्र बजारमा अबरोध गरेको लगानीकर्ताको आरोप

पूर्णिमाको समायोजित मूल्य ३७६ रुपैयाँ, पहिले किन्नेलाई नाफा भयो कि घाटा ?

हाम्रो विकास बैंकको बोनसपछि मूल्य समायोजन, कति तोकियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको