Like us!
Follow us!
Connect us!
Watch us!

उर्जामन्त्री पुन र जापानी राजदूतबीच भेटवार्ताः उर्जा क्षेत्रमा लगानी गर्न आग्रह

सोमबार, १८ असार २०७५, १६ : २२ मा प्रकाशित

उर्जामन्त्री पुन र जापानी राजदूतबीच भेटवार्ताः उर्जा क्षेत्रमा लगानी गर्न आग्रह

अर्थ संसार, काठमाडौं–उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले उर्जामन्त्रालयले स्वेतपत्रमार्फत १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने रणनैतिक कार्यक्रम सार्वजनिक गरेको भन्दै त्यसका लागी जापानी सहयोगको  अपेक्षा राखेको बताउनुभयो । उहाले भन्नुभयो ‘हामीले उर्जा र जलविद्युतको क्षेत्रमा निकै महत्वकांक्षी लक्ष्य राखेर अघि बढेका छौं, यसमा जापानबाट हामीले ऋण,सहयोग र लगानीको अपेक्षा गरेका छौं ।’

उहाले जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी वातावरण बनाईदिन समेत राजदूत साईगोसंग आग्रह गर्नुभयो ।नेकपाका स्थायी समिती सदस्य समेत रहनुभएका मन्त्री पुनले जापान नेपालको  पुरानो र भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा समेत नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको थियो ।

भेटमा जापानी  राजदूत साईगोले नेपाल र जापानको सम्बन्ध विगतदेखी सुमधुर रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझ मजबुत बन्ने धारणा राख्नुभयो ।

उहाले नेपालमा जापानले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दैै आगामी दिनमा उर्जा र जलस्रोतको क्षेत्रमा काम गर्न जापान ईच्छुक रहेको बताउनुभयो ।जापानी राजदूत साईगोलले जापानले कुलेखानी–१, कुलेखानी–२ र कालिगण्डकी ए मा समेत सहयोग गरेको जानकारी दिंदै आगामी दिनमा समेत उर्जा क्षेत्रमा सहकार्य गर्न जापान तयार रहेको धारणा राख्नुभयो ।

मन्त्री पुनले जाजरकोटस्थित नलगाड जलविद्युत परियोजना तयारी अवस्थामा रहेको भन्दै उक्त परियोजना निर्माणमा सघाउन समेत जापानी राजदूतलाई आग्रह गर्नुभएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको