Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँको यी सात सार्वजनिक स्थानमा जोडियो निशुल्क इन्टरनेट

मंगलबार, १९ असार २०७५, ११ : ०१ मा प्रकाशित

काठमाडौँको यी सात सार्वजनिक स्थानमा जोडियो निशुल्क इन्टरनेट

अर्थ संसार, काठमाडौँ –  काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ । जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

करीब तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा  निःशुल्क इन्टरनेट जडान गरिएको छ ।

सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी नागरिकको चाप बढी हुने भएकाले उनीहरुलाई सुविधा दिनका लागि  कामपाले यस किसिमको व्यवस्था गरेको हो ।  हनुमान ढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएका भन्दा धरै एमबीपीएस क्षमताको इण्टरनेट राख्नुपर्ने कामपा सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले राससलाई जानकारी दिनुभयो ।

पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा  निःशुल्क इन्टरनेट जडान गरिएको छ ।

उहाँका अनुसार अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २००  नागरिकले मात्र उक्त इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो । प्रयोकर्ताको संख्या वृद्धि भएपछि थप्नुपर्ने देखिएको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा र पछि नागरिकको आवश्यकता हेरी अन्य स्थानमा पनि राखिने बताउनुभयो ।   यसअघि कामपाले  रत्नपार्कबाट उक्त सुविधा प्रदान गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको