Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश नं ४ को राजधानी पोखरा

मंगलबार, १९ असार २०७५, १२ : ०१ मा प्रकाशित

प्रदेश नं ४ को राजधानी पोखरा

अर्थ संसार, पोखरा – प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश नं ४ को राजधानी पोखरा राख्ने निर्णय गरेको छ ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भौगोलिक अवस्थिति, जनचाहना, पहुँच, सुलभताका साथै प्रदेश राजधानी तथा नामाङ्कन समितिको पहिलो प्राथमिकता पोखरा नै रहेका कारण  राजधानी पोखरा तोकियोस् भनी राख्नभएको प्रस्ताव एवं प्रदेशसभा सदस्य मणिभद्र शर्माले गर्नुभएको समर्थनलाई सभाले दुई तिहाइ बहुमतले पारित गरेको थियो ।

प्रदेशसभामा उपस्थित कुल ५९ सदस्यमध्ये आजको बैठकमा उपस्थित ५२ प्रदेशसभा सदस्यले पोखरा राजधानी हुनुपर्ने पक्षमा मतदान गर्नुभयो । यसअघि ‘प्रदेश राजधानी’ विषयको आजको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली, कृष्णचन्द्र नेपाली, गायत्री गुरुङ, कृष्ण थापा, लक्ष्मी सुनार, ओमकला गौतमले बोल्नु भएको थियो ।

यस्तै  चन्द्रबहादुर बुढा, पियारी थापा, मोहनप्रसाद रेग्मी, चिन्तबहादुर घले, मीना गुरुङ, दोबाटे विश्वकर्मा, प्रकाशचन्द्र दवाडी, मित्रकुमारी सुवेदी, भागवतप्रकाश मल्ल, मनबहादुर गुरुङ, मनकुमारी गुरुङ, कोपिला बोहोरा र विकास लम्सालले भौगोलिक अवस्थिति, पूर्वाधार विकास एवं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहिचानसमेतलाई दृष्टिगत गरी प्रदेशको राजधानी पोखरा हुनुपर्ने धारणा राख्नुभएको थियो ।

सदस्यले प्राकृतिक सुन्दरतायुक्त पोखरा राजधानी बनाउनुपर्ने भए पनि आगामी दिनमा हुन सक्ने बढ्दो चाप एवं पूर्र्वाधार विकासका क्रमका कारण यसको सुन्दरता क्षयीकरण हुन सक्नेतर्फ गम्भीर बन्नुपर्नेमा जोड दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको