Like us!
Follow us!
Connect us!
Watch us!

कोशी कटानमा दुर्घटना, छ जनाको मृत्यु, चार घाइते (नामावलीसहित)

मंगलबार, १९ असार २०७५, १४ : ०७ मा प्रकाशित

कोशी कटानमा दुर्घटना, छ जनाको मृत्यु, चार घाइते (नामावलीसहित)

अर्थ संसार, इनरुवा- पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार मधुवनीका सञ्जीवकुमार पौदार, सुपौलका पाँच वर्षिय गोनुकुमार राय, कञ्चनकुमारी राय, सुरेन्द्रकुमार सुमन, धीरेन्द्रकुमार राय र ललियादेवी राय छन् । दुर्घटनामा १० वर्षीय आदिमकुमार रायसहित निलुदेवी पौदार र ललनकुमार राय घाइते भएकामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नंको स्कारपिओ जिप आफैँ अनियन्त्रित हुँदा  छजनाको मृत्यु भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको