Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपः टाइब्रेकरमा कोलम्बियालाई हराउँदै क्वार्टरफाइनलमा इंग्ल्यान्ड प्रवेश

बुधबार, २० असार २०७५, ०७ : ५९ मा प्रकाशित

विश्वकपः टाइब्रेकरमा कोलम्बियालाई हराउँदै क्वार्टरफाइनलमा इंग्ल्यान्ड प्रवेश

स्पार्टाक (एजेन्सी) – इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

विश्व कप इतिहासमा इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा विजयी भएको यो पहिलो पटक हो ।

टाइब्रकेरको नायक रहे इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड । त्यसअघि इंग्ल्यान्ड र कोलम्बियाबीचको निर्धारित ९० र ३० थप समय खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

पेनाल्टी सुटआउटमा सुरुका २–२ पेनाल्टीमा दुवै टोलीले गोल गरेका थिए । कोलम्बियाका कप्तान राडामेल फाल्काओले पहिलो पेनाल्टीमा गोल गर्न सफल भए । इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पनि पेनाल्टीमा गोल गरे ।

दोस्रोमा कोलम्बियाका हुवा काड्राडोले र इंग्ल्यान्डका मार्कुस रासफोर्डले गोल गर्दा खेल टाइब्रकेरमा २–२ को बराबरी भएको थियो ।

तेस्रोमा कोलम्बियाका लुइस मुरियलले गोल गरे भने इंल्यान्डका जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले रोके ।

कोलम्बियाका लागि चौथो पेनाल्टी प्रहार गरेका मेटेउस उरिबीको प्रहार पोस्टमा लाग्यो । इंग्ल्यान्डका केरन ट्रिपरले गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्याए ।

कोलम्बियाका कार्लोस बाकाको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोके । इंग्ल्यान्डका लागि इरिक डियरले गोल गरेपछि टोली ४–३ ले विजयी भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको