Like us!
Follow us!
Connect us!
Watch us!

मुग्लिङ सडकको चार र पाँच किलोमा पहिरो, सडक अवरुद्ध, हजारौँ यात्रु अलपत्र

बुधबार, २० असार २०७५, ०८ : ३० मा प्रकाशित

मुग्लिङ सडकको चार र पाँच किलोमा पहिरो, सडक अवरुद्ध, हजारौँ यात्रु अलपत्र

अर्थ संसार, रत्ननगर (चितवन)- चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ ।

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको