Like us!
Follow us!
Connect us!
Watch us!

यस कारण खस्कियो सेयर बजार

विहीबार, २१ असार २०७५, १० : ४७ मा प्रकाशित

यस कारण खस्कियो सेयर बजार

सेयर बजारमा आएको लगातारको गिरावटलाई विभिन्न स्वार्थ समूहले आ– आफ्नो स्वार्थ अनुसार विभिन्न तरिकाले विश्लेषण गरेका छन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाली कांग्रेस समर्थित विज्ञहरुको समुहले सेयर बजारमा आएको

गिरावटलाई नेपाली लगानीकर्ताले कम्युनिष्टहरुको सरकारलाई नपत्याएको भनेर व्याख्या गरि रहेको छ भने लगानीकर्ताको हक हितका लागि लड्ने कथित लगानीकर्ता संघहरुले अर्थमन्त्रीको सेयर बजार प्रतिको ज्यकतष्भि प्रवृतिले सेयर बजारमा लगातार गिरावट आएको भन्दै प्रचार गरि रेहेका छन।

स्वतन्त्र मिडियाको नाममा पार्टिको भजन गाउने मिडियाले भने यो विषय कम्युनिष्ट सरकार माथी प्रहार गर्ने हतियारको रुपमा प्रहार गरि रहेको छ।

कस्तो छ अहिलेको सेयर बजारको अवस्था ?

यो साताको कारोबारलाई हेर्दा आइतबार, सोमबार र मंगलबार गिरावाट आएको थियो । बुधबार ८ अंकले बढेको बजारमा र आज (विहीबार) के हुने हो कारोबारको अन्तिमसम्म कुर्नु पर्ने छ । समग्र रुपले हेर्दा बजार ओरालो लागेको देखिन्छ ।

अहिलेको कारोबार बन्द हुँदाको बखतमा समग्र सेयरबजारलाइ प्रतिनिधित्व गर्ने सुचांक नेप्से ११८८.२३ अंक छ ।  विमा कम्पनीहरुको सुचांक सबै भन्दा बढी ५९४२.३० अंक छ। त्यसै गरि सेयर बजारको कुल बजार पुँजीकरणको ५० प्रतिशत भन्दा बढी हिस्सा भएको बंकिङ कम्पनीहरुको सुचकांक १००७.७२ अंक रहेको छ।

सुचांकको दृष्टिले सबै भन्दा अब्बल रहेको विमा कम्पनीको आम्दानी हर्ने भने यी कम्पनीहरुको मूल्यलाई यिनीहरुको आम्दानीले न्याय गरेको गरेको छैन। गतबर्ष लगानीकर्ताहरुलार्इ दिएको नगद प्रतिफललाई मापदण्ड मान्ने हो भने १५ प्रतिशत भन्दा बढी नगद लाभांश दिने १५ कम्पनीको सुचीमा २ मात्र विमा कम्पनी रहेका छन।

राम्रो प्रतिफल नदिए पनि किन यी कम्पनीका सेयर किन उच्च मूल्यमा खरिद विक्री भइ रहेका छन त ? यो कुरा बुझ्न नेपाली लगानीकर्ताहरुको प्रवृति बुझ्न जरुरी छ। नेपाली लगानीकर्ताको रणनिती तत्काल नाफा कमाउने भएर गएको छ।

जस्ले गर्दा नाफामुलक कम्पनी जस्ले बर्षेनि राम्रो नगद लाभांश दिन्छ ति कम्पनीको सेयर भन्दा बोनस र हकप्रद सेयर दिने कम्पनीको सेयरप्रति लगानीकर्ताको झुकाव देखिएको छ। विमा कम्पनीहरु लार्इ जारी पुँजी बृद्धि गर्नु पर्ने बाध्यताले गर्दा विमा कम्पनीहरुले भटाभट हकप्रद  र वोनस सेयर जारी गर्दैछन भने कतिपय विमा कम्पनी हकप्रद  र बोनस सेयर जारी गर्ने अवस्थामा छन। त्यहि कारणले गर्दा यी कम्पनीहरुको सेयरआम्दानीको तुलनामा अत्याधिक मुल्यमा खरिद बिक्री भइ रहेका छन।

किन खस्कियो सेयर  बजार ?

स्वार्थ समूहले चलाएको सबै हल्लालाई थाँती राखेर हेर्ने हो भने सेयर बजारको यो अधोगती निस्चित प्राय नै थियो । अर्थशास्त्रको आधारभुत सिद्धान्त अनुसार अन्य कुरा यथावत रहेमा माग र आपुर्तीले कुनै पनि बस्तु वा सेवाको मूल्य निर्धारण गर्दछ।

सेयर कारोबार काठमाडौं उपत्यका र उपत्यका बाहिरका केहि ठुला शहरमा सिमित हुनाले सेयरको मागमा भनेजस्तो सुधार आउन सकेको छैन भने अर्का तर्फ विगत एक डेढ बर्षमा सार्वजानिक निष्कासन, राईट शेयर र बोनस शेयरको निष्कासनमा अत्याधिक बृद्धिले माग र आपुर्तिको समिकरण आपुर्ती साइड तिर झुकेको छ। मागमा आएको बृद्धि भन्दा आपुर्तीमा अत्याधिक बृद्धि भएकोछ।

आंकडामा हेर्ने हो भने २०७३ पौष मसान्त सम्ममा सुचिकृत सेयरको संख्या २ अर्ब ४९ करोड कित्ता रहेकोमा २०७५ बैसाख महिनामा यो संख्या ३ अर्ब ४८ करोड रहेको छ। अर्थात १७ महिनाको अवधीमा सुचिकृत सेयरको संख्यामा लगभग ४० प्रतिशतले बृद्धि भएको छ।

यो आंकडा अनुसार सेयर बजारमा हरेक महिना औषत ५८ करोड कित्ता सेयर थपिएका छन। यी थपिएका सेयर मध्ये ४० प्रतिशत सेयर बोनस (जुन सुचिकृत हुँदा वास्तविक नगद प्रवाह हुदैन) र राइट IPO/FPO को हिस्सालाई ६० प्रतिशत मान्ने हो भने हरेक महिना लगानीकर्ताले ३.५० अर्ब रुपैया IPO/FPO र राइट सेयरमा लगाइ रहेका छन। यस्ता निष्कासनले लगानीकर्ताको लगानी योग्य रकम प्रशोचन गरेकाले दोस्रा बजारका लागी लगानीयोग्य रकम क्रमस अभाव हुदै गइ रहेकोछ। जस्ले गर्दा दोस्रो बजारमा माग लगातार गिरावट आइ रहेको छ।

जबसम्म लगानीको ठुलो हिस्सा प्राथमिक तथा हकप्रद सेयरमा लगाउनु पर्ने अवस्था रहन्छ तबसम्म दोस्रो बजारका सेयरमा माग कमि हुनेछ। NMB बैंक र नेपाल बैंकका ठुला FPO तामाकोशीको IPO आउन बाँकी नै रहको अबस्थामा यी निष्कासनले लगानीकर्ताको लगानी योग्य रकमको ठुलो हिस्सा प्रशोचन गर्नेछन। जस्ले गर्दा आगामी दिनमा दोस्रो बजारका सेयरको मागमा कमी हुने छ। दोस्रो बजारमा मागको कमी भए सेयरको मुल्य कम हुनेछ, सेयरको मुल्य कम भए सेयर बजार ओरालो लाग्ने निश्चितप्राय नै छ।

DEVIL 'S ADVOCATE

सेयर सम्बन्धी ताजा जानकारीलागि हामीसँग जोडिन सक्नुहुनेछ ।
यसका लागि यो पेज लाइक
गर्नुहोस्
यहाँ क्लिक गर्नुहोस् ।

DEVIL'S ADVOCATE

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको