Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी मेडिकल कलेजले माग्यो ६ जना प्राध्यापक

मंगलबार, १२ पुस २०७३, १२ : ३८ मा प्रकाशित

गण्डकी मेडिकल कलेजले माग्यो ६ जना प्राध्यापक

अर्थसंसार

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको संबन्धनमा रहेको गण्डकी मेडिकल कलेजले विभिन्न पदमा प्राध्यापकलगायतको आवेदन मागेको छ । उक्त कलेजले प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक/लेक्चर गरी ६ जनाको लागि दरखास्त आह्वान गरिएको छ । 

यस कलेजले आधारभूत विज्ञानअन्र्तगत एनाटोमी, साइकोलोजी, बायो केमेस्ट्री, प्याथोलोजी, फार्मेकोलोजी र  कम्युनिटी मेडिसिनमा जानकारी भएको व्यक्तिका लागि निवेदनको आह्वान गरेको छ । उक्त पदका लागि एमडी वा पिएचडी गरेको हुनुपर्नेछ । 

यस्तैगरी चिकित्सकीय विभागअन्र्तगत जेनेरल मेडिसिन, जेनेरल सर्जरी, गाइनोलोजी, ओरल प्याथोलोजी र एनाटोमीको बारेमा ज्ञान भएको व्यक्तिको लागि पनि दरखास्तको आह्वान गरिएको छ । उक्त पदका लागि एमडी वा एमएस गरेको हुनुपर्नेछ । 

यस्तै सुपर स्पेसियालिटीअन्र्तगत कारडिवोलोजी, पुलमोलाजिष्ट (टिबि र छाती), भाष्कुलर सर्जरी, निउरोसर्जरी आदिको ज्ञान भएको व्यक्तिका लागि आवेदन खुल्ला गरिएको छ । उक्त पदका लागि डिएम वा एमसिएच गरेको हुनु पर्नेछ । 

 यस्तैगरी डेन्टल संकायअन्र्तगत पेरियोडेन्ट्रिक, पेडोडेनिक, कन्जरभेटिभ, ओरल मेडिसिन र रेडियोलोजी, ओरल सर्जरी, ओरल प्याथोलोजी र एनटोनोमीको बारेमा ज्ञान भएको कर्मचारीको लागि दरखास्त आह्वान गरिएको छ । उक्त पदका लागि एमडिएस गरेको हुनुपर्नेछ । 

यस्तै एलाइड साइन्स फ्याकलटिजअन्र्तगत रेडियो र इमेजिङ टेक्नोलोजि, मेडिकल फिजिक्स, फारम्याटिकल केमेस्ट्रिको ज्ञान भएको व्यक्तिका दरखास्त आह्वान गरिएको छ । 

सबै पदमा आवेदन दिने व्यक्ति काउन्सिलमा रजिस्टर भएको हुनुपर्नेछ । क्षमता भएका र ईच्छुक व्यक्तिले आफ्नो बारेमा सम्पूर्ण जानकारी सहित १० दिनभित्र आफ्नो बायोडाटा [email protected] मा मेल गर्न सक्नेछन् । 

यो पनि पढ्नुहोस्

गण्डकी विकास बैंकको २०.६० प्रतिशत बोनश पारित

उद्योग–ब्यवसायीले गरे सरकारी विदा कटौतीको माग

खानलाई काम गर्नैपर्यो, बुढेसकालमा कसैले हेर्दैनन्

सेञ्चुरी बैंकलाई धितोपत्र दरखास्त संकलन अनुमति

हलमा शुक्रबारदेखि ‘समर्पण’ {फोटो–भिडियोसहित}

भूकम्पपीडितलाई थप एक लाख नदिन दाताको दबाब

घरजग्गा कारोबारमा बैंकले दिन छाडे ऋण

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको