Like us!
Follow us!
Connect us!
Watch us!

आज बालाजु क्षेत्रमा दिनभर बिजुली नहुने

शुक्रबार, २२ असार २०७५, ०७ : ५७ मा प्रकाशित

आज बालाजु क्षेत्रमा दिनभर बिजुली नहुने

अर्थ संसार,  काठमाडौं – सडक विस्तारका लागि बालाजु क्षेत्रमा शुक्रवार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रकाअनुसार, बनस्थली चोकदेखी बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भईरहेका क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।

बालाजु–नागार्जुन फिडर अन्तर्गत एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।

यसैगरी, बालाजु — धर्मस्थली अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरङ्खु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रे देउरालीमा विद्युत आपूर्ति बन्द भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको