बुधबार, ३१ असोज २०७५, ०७ : ५७
तिनपाटनको विकासमा अध्यक्ष थापाको योजना : हलोदेखि हाइड्रोसम्म
शुक्रबार, २२ असार २०७५

 कर्णबहादुर थापा मगर - अध्यक्ष, तीनपाटन गाउँपाली

नेपालको मान चित्रमा प्रदेश नं. ३ को मध्य भागमा अवस्थित सिन्धुली एक पाहाडी जिल्ला हो । प्राकृतिक रुपमा यो जिल्ला भित्री मधेशको समथर भूमिदेखि लिएर पाहाडी भुभाग रहेको जिल्ला हो ।

तराईको चुरे क्षेत्र देखि लिएर पाहाडी महाभारत सम्म फैलिएको यो जिल्ला झण्डै नेपालको नक्सा जस्तै पूर्व पश्चिम फैलिएको छ । यस जिल्लाको सदरमुकाम सिन्धुलीमाढी हो । सिन्धुली जिल्लाको ५३ वटा गाविस मध्ये साविकका बेलघारी,भिमस्थान, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ, आम्बोटे र लाम्पनटार गाविसहरुलाई समायोजन गरी संघिय संरचना अनुसार तीनपाटन गाउँपालिका बनेको छ ।

यस गाउँपालिकामा साविकको ८वटा गा.वि.स. हरु मध्ये भिमस्थान, जरायोटार र लाम्पनटार गाविसहरुलाई विभाजन गरी कुल ११ वटा वडा बनाईएको छ । यस गाउँपालिकाको जम्मा घरधुरी ६ हजार ८ सय ७९ र कुल जनसंख्या ३६ हजार ४ सय ५ जसमा पुरुष १७ हजार ३ सय ६३ र महिला १९ हजार २९ रहेका छन । संघिय संरचना अनुसार सिन्धुलीमा सातवटा गाउँपालिका र दुई नगरपालिका छन्।

त्यस मध्येको एक ठुलो गाउँपालीका हो तीनपाटन । तिनपाटनको जनसंख्या ३८ हजार ३ सय ९० र क्षेत्रफल २ सय ९० वर्गकिलोेमिटर छ । ११ वटा वडा भएको तीनपाटनको चालु आर्थीक वर्षमा ४२ करोड १६ लाख बजेट भए पनि विविध चुनौतीले वर्ष दिनमा विकासमा गति लिन सकेको छैन । तीनपाटनका अध्यक्ष कर्णबहादुर थापा मगरसँग अर्थ सन्सार सिन्धुलीका संवाददाता शंखर पहाडी (गौरब) ले  गर्नु भएको कुराकानी ।

 स्थानीय सरकारको प्रमुख हुनुहुन्छ, प्रमुख तीन काम के गर्दै हुनुहुन्छ ?

 निर्वाचनअघि तीनवटा मुद्दा लिएर जनतामाझ पुगेको थिएँ, चँदाहा नदीले ठूलो क्षति गरेको थियो यसले हजारौं बिघा कटान गरेकाले नियन्त्रण गर्छु भनेको थिएँ। दलगत हिसाबमा अराजकता देखिएपछि सुशासन दिन्छु भनेको थिएँ। महाभारत डाँडो पर्छ जहाँ जडीबुटी पाइने भएकाले त्यसको सदुपयोग र बजारीकरण गर्नेछु। यसबाहेक सडक र बिजुली आदि काम त गर्नै छ ।

गाउँका आधारभूत आवश्यकता पनि पूरा भएका छैनन् होला नि ?

 बाटो र बिजुली सर्वाधीक माग रहेको पाएँ । शिक्षा र स्वास्थ्य त प्राथमिकताका विषय नै भए । जनसमुदायसँग घुलमिल गर्दा एक, दुई घर भए पनि बाटो चाहियो र बिजुली चाहियो भन्ने भेटियोे। एडीबीबाट गर्ने गरी सर्भे भइसकेको छ, बिजुली चाँडै सबैतिर पुग्नेछ। मैले जितेको तीन वर्षपघि सबै घरमा बिजुली पुर्याउने लक्ष्य छ। हुनत यी नागरिकका नैसर्गिक अधिकार नै हुन्।

यो गाउँपालिकामा खानेपानीको खासै समस्या छैन। त्यसो त सबै वडा केन्द्रमा जोड्ने सडक बनिसकेको छ। गाउँपालिकाको केन्द्रबाट सिन्धुली पुग्ने ३७ किलोमिटर सडक पनि छ। धनुषाको चिसापानी हुँदै गोदार डकाहाबाट चकमके भएर ओखलढुंगा जोडिने बाटो राष्ट्रिय सडकका रूपमा बन्दैछ। गाउँपालिकाभित्र पिच सडक छैन । लगभग सबै ठाउँमा कच्ची सडक खोलीएकोे छ। स्तरोन्नति र कालोपत्रेका लागि बजेट छुट्याएका छौं। कृषि क्षेत्रलाई फोकस गरेका छौं, बाँझिएका जग्गामा खेती गराउने, किवी, अलैंची, आलु फल्ने ठाउँमा त्यसैलाई केन्द्रित गर्ने पक्षमा छौं।

गाउँपालिका र वडाका भौतीक संरचनाको अवस्था कस्तो छ ?

गाउँपालिकाकै भवन छैन, भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छौं। वडा नम्बर ११ को वडा कार्यालय छ त्यो पनि भूकम्पपछि बनाएको हो। १, ३, ५ र ६ वडामा साबिकका गाविस भवन छन्। अन्य ६ वटा वडाको कार्यालय भवन छैन। बस्ने घर भएन भने परिवारको अवस्था के होला ?

 स्थानीय ऐन कानुन निर्माण भएका छैनन्न, काम कसरी भइरहेको छ ?

ऐनकानुन नहुँदा अन्योल छ। काम गर्न ऐनकानुन अत्यावश्यक हुन्छन्। हालसम्म ऐनकानुन खासै बनाएका छैनौं। मस्यौदा तयार भइसकेकाले चाँडै गाउँसभा बसेर तिनलाई अघि बढाउँछौं। स्थानीय सेवा ऐन, सहकारी ऐन, आर्थिक विकास ऐन, स्थानीय राजपत्र, स्वास्थ्य ऐन र शिक्षा ऐन तयार भइसकेका छन्। बाँकी छलफलमै छौं, असारको दोस्रो गाउँसभामा थप ल्याउनेछौं। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनको भरमा काम चलाएका छौं। शिक्षा ऐन नहुँदा नयाँ शैक्षिक सत्रमा वैशाखदेखि शिक्षक दरबन्दी मिलानदेखि भर्नासम्म समस्या पर्यो।

स्वास्थ्यको पनि ऐन नहुँदा कर्मचारीमा समस्या भयो। बाटोको चौडा कति मिटर, घर बनाउँदा कति छोड्ने, नक्सा पास कसरी गर्ने भन्ने अन्योलमै वर्ष दिन बित्यो। प्र.बजेटको अवस्था के छ ? –पूर्व र दक्षिणमा दुधौली नगरपालिका, उत्तरतर्फ फिक्कल र पश्चिमतर्फ कमलामाई नगरपालिका छन, सबै सिन्धुली जिल्लाकै स्थानीय तह हुन्। जनगणना २०६८ अनुसार, तीनपाटनको जनसंख्या ३८ हजार ३ सय ९० र क्षेत्रफल २ सय ९० वर्गकिलोेमिटर छ ।

बेलघारी, भिमस्थान, जरायोटार, बालाजोर, तस्रोङखोला, बाहुन्तीपुङ्ग, आम्बोटे र लाम्पनटार नामका साबिक गाउँ विकास समिति मिलेर तीनपाटन गाउँपालिका बनाइएको हो। विकासका लागि गाउँपालिकाको कुल बजेट ४२ करोड १६ लाख रुपैयाँ छ। आन्तरिक आम्दानी एकदमै न्यून छ । आन्तरिक आम्दानीका लागि जडीबुटीको प्रचुर सम्भावना भएकाले यसैबाट अघि बढ्ने सोच छ। तेजपत्ता (सिन्कौली), अलैंची, किबी, आलु आदि महाभारत जंगलमा भएकाले केही गर्न सकिन्छ की भन्ने आश लागेको छ । सखुवाका रुख भएकाले काठजन्य उत्पादनलाई व्यवस्थित गर्नेछौं।

 गरिबीको अवस्था र गाउँपालिकाको योजना ?

गाउँमा गरिबी छ। आफ्नै घरबारीबाट खान पुग्ने घरपरिवार ५० प्रतिशत छन्। १५ प्रतिशतको अवस्था खाएर अरुलाई दिन सक्ने छ। ३५ प्रतिशतलाई खान नपुग्ने अवस्था छ। खेतबारीले मात्र पुग्न कठिन पनि हो, आम्दानीको स्रोत बढाउनुपर्ने अवस्था छ। कृषकहरूलाई आधुनिक ढंगको खेती गराउनु छ ।

हाते ट्र्याक्टर अनुदानमा दिने, बीउबिजन दिने, माछापालकलाई माछापालनका लागि अनुदान दिने, युवालाई सामूहिक काम गर्न योजना ल्याएको छु । यतिले मात्र गरिबी घट्दैन। रोजगार दिन सक्ने अवस्था हामीसँग छैन। कृषि क्षेत्रलाई फोकस गरेका छौं, बाँझिएका जग्गामा खेती गराउने। किवी, अलैंची, आलु फल्ने ठाउँमा त्यसैलाई केन्द्रित गर्दिने पक्षमा छौं।

विकासका लागि राजनीतिक अभ्यास कस्तो छ ?

 धेरैजसो नयाँ जनप्रतिनिधि भएकाले राजनीतिक अभ्यास हामीमा कम छ। जनप्रतिनिधिमा पनि आ–आफ्नो वडामा योजना लैजानुपर्छ भन्ने देखिएको छ। निर्वाचित हुनेबित्तिकै योजना र बजेटमा लाग्नु पर्दा हतार पनि भयो, चित्तबुझ्दो ढंगले विकासमा राजनीतिक अभ्यास हुनै सकेन। पहिलो वर्ष सानातिना योजना छन, आगामी आर्थिक वर्षमा केही राम्रो अभ्यासबाट योजना छनोट गर्नेछौं। चालू आ.वमा १२ करोड सडकको लागि छ, यो पुँजीगत खर्चको ६० प्रतिशत हो। कुल बजेटको १५ प्रतिशत कृषिमा छ, दुईवटा एम्बुलेन्स खरिद गरेका छौं।

 काममा देखिएका चुनौतीहरु पनि होलान् नि ?

 चुनौती नहुने कुरै भएन। चुनौतीबिना काममा प्रतिस्पर्धा पनि हुँदैन। तर धेरैले विकास भनेको सडक, बिजुलीमात्र बुझेका छन्। जनप्रतिनिधिलाई दलभन्दा माथि उठाएर लैजानु मेरा लागि चुनौती छ। जितेर आइसकेपछि यसअघि जुन दलको भए पनि अब जनताका प्रतिनिधि हौं भन्ने साहस चाहिन्छ। पार्टीले पठाएर जितेकाले पार्टीले भनेको मान्नुपर्छ भन्ने हटाउनु छ। कर्मचारी अपुग हुनु पनि चुनौती छ।

सबै वडामा वडासचिव थिएनन, त्यही कार्यरत कार्यालय सहायकलाई जिम्मा दिएर पुर्याइएको छ । ७ वटा सहायक सचिव बनेका हुन्। जनजाति प्रतिशत ७० छ, उनीहरूलाई पनि सबै कुरो बुझाउन कठिन छ। ऐतिहासिक पृष्ठभूमी यस गाउँपालिकाको नाम “तीनपाटन” कसरी रहन गयो भन्ने इतिहास हेर्दा परापूर्वकालमा तिनपाटन भन्नाले उपत्यकाभित्र रहेका वेलघारी, भीमस्थान र जरायोटार गा.वि.स को क्षेत्र परिचित भएको पाईन्थ्यो ।

किम्बदन्तीअनुसार पाटनका राणा प्रधानमन्त्रीका आफन्तकी छोरीलाई दाईजो दिदा त्यस बखत पाटन जतिकै क्षेत्रफल भएको तीनवटा बराबर छ भनि भनेको हुँदा तीनपाटन नाम रहन गएको भनाई रहेको छ भने अर्को किम्बदन्तीअनुसार साविकका भिमस्थान गाविसको वडा नं. ९ मा पाटादेवीको मन्दिर स्थापना भएको हुँदा तीनपाटन नामाकरण रहन गएको भन्ने भनाई छ । यसै प्रसिद्ध नामबाट यस गाउँपालिकाको ‘तिनपाटन’ नामकरण गरिएको हो ।

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved