Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपः क्वाटरफाइनलमा फ्रान्न्स र उरुग्वे भिड्दै, कसले बाजी मार्ला ?

शुक्रबार, २२ असार २०७५, १७ : ०० मा प्रकाशित

विश्वकपः क्वाटरफाइनलमा फ्रान्न्स र उरुग्वे  भिड्दै, कसले बाजी मार्ला ?

अर्थ संसार, काठमाडौं–  विश्वकप २०१८ अन्तर्गत पहिलो क्वाटरफाइनलमा  उरुग्वे र फ्रान्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकाको ७.४५ बजे सुरु हुने छ ।

प्रि–क्वाटरफाइनलमा  उरुग्वेले पोर्चुगललाई २–१ ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
यता, अर्जेन्टिना विरुद्धको जितमा खेलाएकै टोली फ्रान्सले उतार्ने लगभग पक्का रहेको छ । फ्रान्सले अहिलेसम्म प्रतियोगितामा ७ गोल गर्दै ४ गोल खाएको छ । उसका लागि युवा खेलाडी किलियन एम्बाप्पेले सर्वाधिक ३ गोल गरेका छन् ।

उरुग्वे भने आफ्नो रक्षात्मक खेलका लागि चिनिने गर्छ र ४ खेलमा ७ गोल गर्दै केवल १ गोल खाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको