Like us!
Follow us!
Connect us!
Watch us!

राधी जलविद्युतको साधारणसभा आज : सेयरधनीको हातमा १० प्रतिशत बोनस सेयर

आइतबार, २४ असार २०७५, ०९ : ०७ मा प्रकाशित

राधी जलविद्युतको साधारणसभा आज :  सेयरधनीको हातमा १० प्रतिशत बोनस सेयर

अर्थ संसार,  काठमाडौं –लाभांश प्रस्ताव सहित आइतवार राधी जलविद्युत कम्पनीको वार्षिक साधारण सभा आइतवार हुने भएको छ ।

अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, काठमाडौंमा बिहान १०ः३० मा सुरू हुने सभामा १० प्रतिशत बोनस सेयर र ० दशमलव ६० प्रतिशत नगद लाभांशको प्रस्तावमाथि छलफल हुने कार्यक्रम तय भएको छ । साथै सभाले सर्वसाधारण सदस्यहरुको तर्फबाट दुई जना सञ्चालक निर्वाचन समेत गर्नेछ ।

कम्पनीले जारी पूँजी  ४१ करोडबाट  १ अर्ब २० करोड पुर्‍याउन प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावलाई पनि अघि सारेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ५ गतेदेखि सेयर धनि दर्ता किताब बन्द गरेकाले असार ४ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको