Like us!
Follow us!
Connect us!
Watch us!

‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

सोमबार, २५ असार २०७५, ११ : ०१ मा प्रकाशित

अर्थ संसार, काठमान्डौँ–वल्ड वाइड फिल्मस् डिस्ट्रिव्यूसन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

विशारद बस्नेतद्धारा निर्देशित चलचित्र आगामी भदौ १ गतेबाट प्रर्दशनमा आउने भएको छ ।  तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

‘हेर यि आँखामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

 गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय चलचित्रमा समेटिएको छ । चलचित्रको केही समय अघि ‘टुल्की’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको थियो ।

चलचित्रमा महेश दवाडीको पटकथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँर। दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी। काप्रीले सम्पादन रहेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको