Like us!
Follow us!
Connect us!
Watch us!

‘अमेरीकन बाबु मेड इन नेपालको ट्रेलर सार्बजनिक ’ (भिडियोसहित)

सोमबार, २५ असार २०७५, ११ : १२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– सम्पूर्ण छायांकन अमेरीकामा गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालको ट्रेलर सार्बजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुलाइ अभिनय रहेको छ । चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन्।

‘हेर यि आँखामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा।लि।का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको यस चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।

चलचित्र प्रदर्शन अमेरिकावाटै हुने तयारी भैरहेको जानकारी पनि निर्देशक ईश्वर थापाले भिजन संसारलाई बताएका छन्।अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको जानकारी पनि निर्देशक थापाले दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको