Like us!
Follow us!
Connect us!
Watch us!
सबै सूचक राताम्मे

लगानीकर्ता निराश, नेप्से २५.०४ अंकले ओरालो

मंगलबार, १२ पुस २०७३, १६ : ५७ मा प्रकाशित

लगानीकर्ता निराश, नेप्से २५.०४ अंकले ओरालो

अर्थ संसार

काठमाडौं– सेयर बजारले बियरिस ट्रेन्ड देखाएको अनुभूति भएको छ । लगातार घटिरहेको बजार साताको दोस्रो दिन पनि दोहोरो अंकले ओरालो लागेको छ ।सेयर बजार मंगलबार २५.०४ अंकले घटेको हो । बजार सोमबार झण्डै ४३ अंकले घटेको थियो । 

बजार खुलेको करिब २ घण्टामा परिसूचक घटेर १३९४ अंकमा आएको थियो । त्यसपछि केही बढेको बजार पुन घटेर १४०७ अंकमा बन्द भएको छ । 

बजारमा मंगलबार बैंक २४.१४ अंक, होटल १७.९४ अंक, विकास बैंक २१.८३ अंक, जलविद्युत ३०.७२ अंक, वित्तिय १६.५७ अंक, वीमा १९१.६३ अंक र अन्य ३.४७ अंकले घटेका छन् ।

घटेको बजारमा पनि अरु दिनजस्तै एनवि इन्सुरेन्स कम्पनीका लगानीकर्ताले आफ्नो आम्दानी ९.९० प्रतिशतले बढाएका छन् । यस इन्सुरेन्स कम्पनीको सेयर मुल्य ५६६ रुपैयाँले बढेको छ । त्यसै गरी अरु कमाउनेमा राप्तीभेरी विकास बैंकका लगानीकर्ताले आफ्नो आम्दानी ३.५२ प्रतिशतले बढाएका छन् । 

बजारमा मञ्जु फाइनान्स इन्स्टिच्युसन कम्पनीको सेयर मूल्य उच्च रुपमा घटेको छ । यस कम्पनीका सेयरधनीले ९.४९ प्रतिशतले गुमाएका छन् । बजारमा मंगलबार १३० कम्पनीको १० लाख ४१ हजार कित्ता सेयर ५९ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको छ । 

पर्याप्त तरलता नहुँदा ब्जाजदर बढेकाले लगानीकर्ताहरु आत्तिएकाले बजार घटेको केही विज्ञको विष्लेषण छ । उनीहरुको बजार बृद्धिका लागि केही मागर राखेर आन्दोलनकै घोषणा गरेका छन् । साना लगानीकर्ताले लगातार बजार घट्दा ठूलो रकम गुमाएका छन् । यसले गर्दा उनीहरु बजारमा फर्कनै नसक्ने अबस्थामा पुगेका छन् ।

यो पनि पढ्नुहोस्

धितोपत्र बजारको सुधारमा नेप्से बाधक बनेको नेप्सेका महाप्रबन्धकको आरोप

४१ ब्रोकर कम्पनीले खोल्दैछन् उपत्यकाबाहिर शाखा, कुनले कहाँ खोल्दैछन् (सूचीसहित)

गण्डकी विकास बैंकको २०.६० प्रतिशत बोनश पारित

उद्योग–ब्यवसायीले गरे सरकारी विदा कटौतीको माग

खानलाई काम गर्नैपर्यो, बुढेसकालमा कसैले हेर्दैनन्

सेञ्चुरी बैंकलाई धितोपत्र दरखास्त संकलन अनुमति

हलमा शुक्रबारदेखि ‘समर्पण’ {फोटो–भिडियोसहित}

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको