Like us!
Follow us!
Connect us!
Watch us!

ठेकेदारको लाहप्रवाहीले सिन्धुलीमा करोडौंको निर्माण कार्य अलपत्र, सरकारी निकाय मौन

मंगलबार, २६ असार २०७५, ०९ : १३ मा प्रकाशित

ठेकेदारको लाहप्रवाहीले सिन्धुलीमा करोडौंको निर्माण कार्य अलपत्र, सरकारी निकाय मौन

शंखर पहाडी(गौरब)

अर्थ संसार, सिन्धुली–सिन्धुलीको कमला नदीमा पक्की पुल निर्माण कार्य अलपत्र परेको छ ।

सिन्धुलीको दुधौली नगरपालीका वडा नम्बर ३ मा विगत .करिब ८ वर्ष अघिदेखि निर्माण कार्य सुरु भएको कमला नदीको पक्की पुलको निर्माण कार्य अलपत्र परेको हो ।

बि.सं. २०६७ मा  पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको सो पक्की पुल बि.सं २०७३ सालमा सम्पन्न गर्ने पप्पु कन्ट्रक्सन र नेपाल सरकारबीच सहमती भएको थियो । तर  निर्माण समय अवधीी सकिदा समेत पुलको निर्माण कार्य सम्पन्न भएको छैन ।

सिन्धुलीमा कामै नगर्ने १९ वटा आयोजनाका १६ वटा निर्माण कम्पनीका ठेकेदारको विवरण मन्त्रालयमा पठाएको एक महिना पुरा हुँदा समेत काम सुरु पनि नभएको र उनिहरुलाई कुनै कारबाही पनि नभएको गुनासो आएको छ ।

विश्व बैँकको ३२ करोड अनुदानमा सिन्धुलीको कमला नदीमा पक्की पुल निर्माण कार्य सुरु गरेको कम्पनीले अहिले सम्म करिब ४० प्रतिशत पनि  काम सम्पन्न गरेको छैन । भने काममा ढिला सुस्ती गर्ने कम्पनि पप्पु कन्ट्रक्सनका  मेनेजिङ डाईरेक्टर हरिनारायण रौनियार खुलेआम रुपमा हिडिरहेका छन । कमला नदीमा कुनै पनि पुल नहुँदा हरेक वर्ष दर्जनौँ मानिसको अकालमा ज्यान जाने गरेको छ ।

पप्पु कन्ट्रक्सनका  मेनेजिङ डाईरेक्टर रौनियार  मंसिर १० र २१ मा भएको प्रदेश तथा प्रतिनिधि सभामा पर्सा क्षेत्र नम्बर ३ बाट जनप्रनिधि बनेका ठेकेदार हुन । रौनियार जस्तै ठेक्का लिएर काम नगर्ने सिन्धुलीमा थुप्रै निर्माण कम्पनी छन ।

जिल्ला सदरमुकाम  कै मधुटार–रानीखोला, दुई नम्बर बजार–स्टल बजार र बिपी राजमार्ग जोड्ने शाखा सडक कालोपत्रे गर्न दशकदेखि ठेक्का लगाईएको भएपनि ठेकेदारको लापरबाहीका कारण काम हुन नसके पछि पुन : नयाँ ठेक्कामा लगाईएको छ ।

जिल्ला प्रशासन कार्यलय सिन्धुलीले जिल्लाका विभिन्न ९ वटा निर्माण कम्पनी र त्यसका ठेकेदारहरुको विवरण कारबाहीको लागि सिफारीस गरि पठाएको थियो ।

केएस देवीरमण जेभी,विजी निर्माण सेवा,आत्रेय निर्माण सेवा प्राली,सुभम निर्माण सेवा,धुलीखेल शिवशम्भु कुँवर जेभी,शिखर निर्माण सेवा,सिद्धबाबा आत्रेय नवयुग जेभी,स्वच्छ निर्माण सेवा काठमाण्डौँ,पप्पु लुिम्बनी जेभी,गौरी पार्वती निलगीरी नेसनल जेभी, पप्पु नेपाल प्रगती जेभी,सव उद्धार सगरमाथा जेभी,सुनौलो खिम्ती कन्ट्रक्सन, बिरवा कन्ट्रक्सन प्राली,सुर्य केएम जेभी र कन्काई थापा जेभी कम्पनीको नाम कार्यलयले सिफारीस गरि पठाएको थियो । तर नत कुनै  निर्माण कम्पनीलाई कारबाही भएको छ नत काम नै ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको