Like us!
Follow us!
Connect us!
Watch us!

नेकपाको नियमावली पारित, अगाडि बढ्यो सांगठनिक प्रक्रिया

बुधबार, २७ असार २०७५, १४ : ०३ मा प्रकाशित

नेकपाको नियमावली पारित, अगाडि बढ्यो सांगठनिक प्रक्रिया

अर्थ संसार, काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ ।

नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम सो नियमावली पारित गरेको हो ।

नियमावली पारित भएसँगै मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालय बैठकले समयबद्ध कार्ययोजना बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  

स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेताहरु वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले दिएको प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको हो । उक्त नियमावली प्रकाशन हुनेछ ।

नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रभास र जनसंगठनको एकता सक्ने भएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको