Like us!
Follow us!
Connect us!
Watch us!

वर्षायाममा देखापर्ने स्वास्थ्य समस्याको समाधानका विषयमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम

बुधबार, २७ असार २०७५, १४ : ५० मा प्रकाशित

वर्षायाममा देखापर्ने स्वास्थ्य समस्याको समाधानका विषयमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम

अर्थ संसार, सिन्धुली –जिल्ला जन स्वास्थ्य कार्यालय सिन्धुली र निजी क्लिनिक सञ्चालक बीचको अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भयो ।

अन्तरक्रियामा  वर्षायाममा देखापर्ने औलो तथा अन्य किटजन्य रोगहरु र तिनीहरुको व्यावस्थापन लगायतका विषयमा छलफल भएको थियो ।

वर्षायाममा पानीको कारण देखापर्न सक्ने माहामारीबाट कसरी बच्न सकिन्छ र त्यसलाई व्यावस्थापन गर्न सक्ने आधारहरु के के हुन्छन सो विषयमा जिल्ला जन स्वास्थ्य कार्यलय सिन्धुलीका राम बहादुर यादवले चर्चा गर्नु भएको थियो ।

विगतका वर्षहरुमा पनि वर्षायाममा माहामारी तथा किट जन्य रोगहरुको प्रकोप देखापरेका कारण यो वर्ष त्यस्ता स्वास्थ्य समस्या नआउन भन्नका लागि अन्र्तक्रिया कार्यक्रम गरेको यादबले बताउनु भयो ।

सिन्धुलीलाई राष्ट्रिय स्तरमा पहिचान गराउन नीजि स्तरका पारा मेडिक्सहरको ठुलो भुमिका रहेको भन्दै स्वास्थ्य स्तर थप उठाउन आ–आफ्नो ठाउँबाट सक्दो लागिपर्न नीजि क्लिनिक सञ्चालहरुसंग जिल्ला जन स्वास्थ्य कार्यलय सिन्धुलीका प्रमुख शेर बहादुर कालीकोटेले आग्रह गर्नु भयो ।

हिजोका दिनमा नीजि क्लिनिकहरुले गरेको सहयोग अमुल्य रहेको भन्दै नीजि क्लिनीक सञ्चालकहरुलाई कुनै समस्या भए जिल्ला जन स्वास्थ्य कार्यलय सिन्धुलीसंग साझेदारी गरी अगाडि बढ्न कालीकोटेले आग्रह गर्नु भयो ।

स्वास्थ्य स्तरोउन्नतीका लागि आ–आफ्नो ठाउँमा आफुले सकेको स्वास्थ्य सेवा पुर्याउनु सहयोगको लागि जिल्ला जन स्वास्थ्य कार्यालय सिन्धुली छ , कालीकोटेले बताउनु भयो ।

जिल्ला जन स्वास्थ्य कार्यको आयोजनामा भएको  १ दिने अन्तरक्रिया कार्यक्रममा सिन्धुली जिल्ला भरीका करिब २५ वटा नीजि क्लिनीकका सञ्चालकहरुको साथै जिल्ला अस्पताल सिन्धुलीका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

5b45c9d60abbd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको