Like us!
Follow us!
Connect us!
Watch us!

बिपी राजमार्गमा यातायात व्यावसायी आन्दोलित

शनिबार, ३० असार २०७५, १७ : ४४ मा प्रकाशित

बिपी राजमार्गमा यातायात व्यावसायी आन्दोलित

शंखर पहाडी(गौरब)

अर्थ संसार, सिन्धुली –बिपी राजमार्गमा सवारी साधन सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै यातायात व्यावसायिहरुले विगत २ दिन आन्दोलन सुरु गरेका छन ।

३२ सिट सम्मका साना बस तथा १३ टन लोड क्षमता भएका मालबाहक सवारी साधन सञ्चालन गर्न पाउनु पर्ने माग राख्दै शुक्रबारबाट व्यावसायिहरुले आन्दोलन सुरु गरेका हुन ।

यातायात व्यावासायिहरुले ३२ सिट क्षमता भएका यात्रु बाहक सवारी साधन तथा १३ टन लोड क्षमता भएका मालबाहक सवारी साधन सिन्धुली खुर्काेट सडक खण्डमा बिना रोकटोक सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन ।

यातायात व्यावसायिहरुले शनिबार कमलामाई नगरपालीका वडा नम्बर ४ अन्तर्गत पर्ने हिरापानीमा रिक्ता सवारी साधन एकतर्फि तेस्र्याएर बिरोध जनाएका हुन ।

भौतिक पुर्वधार तथा यातायात मन्त्री रघुविर माहाशेठले ३२ सिट क्षमता भएका यात्रु बाहक सवारी साधन र १६ टन मालबाहक क्षमता भएका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि बिपी राजमार्गको भविष्य खतरामा पर्ने भन्दै अदिवक्ता कैलाशराज दाहालले सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

सोही रिट निवेदनको सुनुवाई गर्दै गत जेष्ठ २१ गते सर्वाेच्चका  न्यायधिश सपना मल्ल प्रधानको एकल ईजलासले १८ सिट क्षमता भएको यात्रु बाहक सवारी साधन र १० टन लोड क्षमता भएको सवारी मालबाहक सवारी साधन मात्र सञ्चालन हुन पाउने भन्दै अन्तरीम आदेश जारी गरेपछि ३२ सिट क्षमता भएका यात्रुबाहक तथा १३ टन लोड क्षमता भएका मालबाहक सवारी साधन रोकिएका हुन ।

सर्वाेच्चको पेशी पटक पटक सरेपछि आफुहरु आन्दोलन गर्न बाध्य भएको यातायात व्यावसायिहरुले बताएका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको