Like us!
Follow us!
Connect us!
Watch us!

खिचियो "छक्का पञ्जा ३" को गीत (फोटोफिचर )

सोमबार, ३२ असार २०७५, १५ : ५८ मा प्रकाशित

खिचियो  "छक्का पञ्जा ३" को गीत (फोटोफिचर )

सुपरहिट सिरिज  छक्का पञ्जाको तेस्रो शृंखला आउँदो दशैंमा रिलिज हुँदैछ । यस फिल्मका हरेक सिरिजको दर्शकमाझ खुबै प्रतिक्षा रहने गर्दछ । गएको २ महिनादेखि दैनिकजसो चलिरहेको ‘छक्का पञ्जा ३’ को शनिवार एक लोक लयको गीत खिचिएको छ । 

 गीतको छायांकन एक साता लगाएर शनिबार सकिएको निर्देशक दिपाश्री निरौलाले बताइन् । यसपाली पानीले दुःख दियो, दीपाश्रीले भनिन्, जसोतसो गरी सुटिङ सक्यौं ।

दीपाका अनुसार पहिलो नम्वरमा बोलको गीत गोकर्ण र नर्लिन रिसोर्टमा खिचिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा र संजोग कोइराला नाचेका छन् ।

5b4c71573b99b.jpg 5b4c71608a16b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको