Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वमिस नेपाल अभिनेत्री सृष्टि श्रेष्ठ स्टार ‘बाँध मायाले’ को टीजर सार्वजनिक

सोमबार, ३२ असार २०७५, १६ : १६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- अभिनेता आर्यन अधिकारी र पूर्वमिस नेपाल तथा गाजलुु फेम्ड अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा आर्यन र सृष्टि बीचको प्रेम, रोमान्स र दोन्ध देखाइएको छ । 

सबिर श्रेष्ठ निर्देशित लभस्टोरी फिल्म ‘बाँध मायाले’ असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मबाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गर्दैछन् । 
 
अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायांकन बाबु श्रेष्ठ र दोन्ध  निर्देशन रोशन श्रेष्ठको छ । 
 
फिल्ममा आर्यन, सृष्टि र किशोरसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । फिल्ममा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् । 

टीजर हेर्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको