Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्यामाई हाइड्रोपावरको आईपीओ विक्री खुल्ला, कति आवेदन दिने ?

बुधबार, ०२ साउन २०७५, ०८ : २८ मा प्रकाशित

पञ्चकन्यामाई हाइड्रोपावरको आईपीओ विक्री खुल्ला, कति आवेदन दिने ?

अर्थ संसार, काठमाडौं - पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) आज मंगलबारदेखि निष्कासन गरेको छ ।

कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । लगानीकर्ताले न्युनतम ५० र अधिकतम ५ हजार ५०० कित्तासम्म आवेदन दिन पाउनेछन् ।

आइपिओ विक्री गर्ने जिम्मा पाएको प्रवन्धक सनराइज क्यापिटल लिमिटेडको अनुसार आईपीओ छिटोमा साउन ४ र ढिलोमा साउन १५ गते बन्द हुने मिति तोकिएको छ । नेपाल धितोपत्र बोर्डले असार १० गते आईपीओ निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको थियो ।

 कसलाई कति ?

कम्पनीले निष्कासन गरेकोमध्ये ४ प्रतिशत अर्थात ४४ लाख रुपैयाँ बराबरको ४४ हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ ।

यस्तै ५ प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी १० करोड १ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई छुट्टाइएको छ ।

यहाँबाट आवेदन दिनुहोस्

सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाको शाखाबाट आईपीओ भर्न सकिने छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार निष्कासन गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको