अर्थसंसार
काठमाडौँ –नेपाली बजारमा बुधवार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।आइतबार दुई सयले बढेर ५२ हजार कायम रहेकोमा मंगलबारसम्म त्यही मूल्यमा कारोबार भएको थियो । बुधबार ४ सय रुपैयाँले बढेर प्रतितोला ५२ हजार ४ सय रुपैयाँ कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार चाँदीका मूल्य पनि प्रतितोला १० रुपैयाँले महंगो भएको छ । मङ्गलवार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस