Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन सेयर कारोबारको परीक्षण सुरु , लगानीकर्ताले प्रयोग गर्न अझै २ महिना कुर्नु पर्ने

मंगलबार, ०१ साउन २०७५, १४ : ०१ मा प्रकाशित

अनलाइन सेयर कारोबारको परीक्षण सुरु , लगानीकर्ताले प्रयोग गर्न अझै २ महिना कुर्नु पर्ने

अर्थ संसार, काठमाडौं– सेयर बजारमा लामो समयदेखि प्रतिक्षामा रहेको अनलाइन कारोबार प्रणाली (आज) साउन १ गतेदेखि नेपाल स्टक एक्सचेन्जले परिक्षण सुरु गरेको छ । सेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न खोजिएको हो ।

नेप्सेको अनुसार वर्तमान कारोबार प्रणाली र अनलाइनलाई समानान्तर रुपमा संचालन सुरु भएको छ । अनलाइन प्रणालीलाई  औपचारिक रुपमा लागू गर्नअघि गरिएको पूर्व तयारी  भएकाले यस प्रणालीबाट लगानीकर्ताले अहिले नै पूर्ण अनलाइन कारोबार गर्न पाउने भने छैनन् । लगानीकर्ताले सेयर कारोबारको व्यवहारमा पूर्ण रुपमा लागू गर्न अझै २ महिना लाग्ने नेप्सेका प्रवक्ता मुरारी पराजुलीले अर्थ संसार डट कमलाई जानकारी दिनुभयो ।

यो दुई महिनाको विचमा लगानीकर्ताले ब्रोकरबाट युजर नेम र पासवड लिएर अनलाइन प्रणालीमा (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम ) ब्रोकरले प्रविष्ट गरेको आदेश र यसमा म्याचिङ भएको आफ्नो कारोबार मात्र हेर्न सक्नेछन् । यो समय लगानीकर्ताको लागि सिक्ने र परिचित हुने अवसर हो ।

पूर्ण स्वचालित अनलाइन कारोबारका लागि युजर एसेप्टेन्स टेस्ट (यूएटी) गर्नुपर्ने हुन्छ । यसका लागि नेप्सेले तेस्रो पक्ष छनोट गरिसकेको बताएको छ । तेस्रो पक्षबाट अनलाइन प्रणालीको सफल परिक्षण भैसकेपछि नेप्सेले औपचारिकरुपमा लागू गर्ने नेप्सेले जनाएको छ ।

युजर नेम र पासवर्डका लागि लगानीकर्ताले ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गराउनुपर्छ । केवाइसी अद्यावधिक गराउँदा इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने नेप्सेले जनाएको छ ।

अब लगानीकर्ताले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा सेयर खरिद बिक्रीका लागि मार्ग प्रशस्त भएको र स्टकले सञ्चालनमा ल्याउन सक्ने अवस्था आएको नेप्सेका प्रवक्ता पराजलीले बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको