Like us!
Follow us!
Connect us!
Watch us!

सन् २०२२ को विश्वकप फुटबलको सुरक्षा नेपाली युवाले गर्ने

बुधबार, ०२ साउन २०७५, १० : ५२ मा प्रकाशित

सन् २०२२ को विश्वकप फुटबलको सुरक्षा नेपाली युवाले गर्ने

अर्थ संसार, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा  ‘बादल’सँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग उहाँले सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गर्नुभयो ।

राजदूत मोहम्मदले यस वर्ष नेपाल र कतार कूटनीतिक सम्बन्ध भएको ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गर्नुभएको थियो ।

उहाँले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न गइरहेको सन्दर्भमा सुरक्षागार्डमा ठूलो संख्यामा नेपालीलाई लैजान कतार इच्छुक रहेको र त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको बताउनुभयो । कतारमा हाल पाँच लाखभन्दा बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको