Like us!
Follow us!
Connect us!
Watch us!

सेयरको सकसपूर्ण सुस्तता

विहीबार, ०३ साउन २०७५, ०५ : १० मा प्रकाशित

सेयरको सकसपूर्ण सुस्तता

२०७३ साल साउन १२ गते नेप्सेले कायम गरेको एतिहासिक १८८१ विन्दुको  उच्चतम रेकर्ड पछि घट्दो प्रबृतीमा रहेको सेयर बजार यो २ बर्षको अबधिमा पनि मन्द गतिमै रहेको छ ।

सेयर बजार हालसम्म करिब ३५ प्रतिशतले घटीसकेको छ । कुनै समय थोरै गति लिन खोजे पनि सेयर बजारमा उत्साहपुर्ण अबस्था आउन सकेको छैन् ।  सेयर बजारको पछिल्ला दुई बर्ष लगानिकर्ताहरुका लागिनि कै नै कष्टपुर्ण रहेका छन् ।  बजारको उच्चतम अबस्थामा धेरै लगानीकर्ताहरुको  बजार प्रवेश भएकोले पनि त्यसपछिको अबस्था उनिहरुको लागि अत्यन्तै कष्टपुर्ण रहनगयो ।

ब्रोकरहरुले प्राप्त गर्ने कमिशनमा पनि निराशाजनक गिरावट देखिएको छ। बजारमा देखिएको यो सुस्तताले लगानीकर्ता, ब्रोकर, बैकं तथावित्तिय संस्था ,लगायतअन्य सरोकारवालाहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा नोक्सान पुर्याईरहेको देखिन्छ।

राष्ट्र बैकंको पुजि वृद्धी योजना अनुरुप बैकं तथा वित्तिय सस्थाहरुले घोषणा गरेका हकप्रद र बोनस प्याकेजलाई मुख्य आधार बनाएर हौसिएका लगानीकर्ताहरुले  बजारमा देखिएको निरन्तर करेक्सनबाट मात्र त्यस समयको बजार वास्तविकता भन्दा माथी थियो भन्ने कुरा महसुस गरे।

यस विचमा लगानीकर्ताले करोडौको सम्पती गुमाईसकेका छन्। बजार पुँजिकरण र सुचकदुवैमा ठुलो गिरावट आएको छ। र कारोवार रकम पनि निरन्तर खस्कीरहेको देखिन्छ। यसले गर्दा गत आर्थीक बर्षमा सरकारलाई जाने पुँजिगतलाभकर र राजश्वमाभारि मात्रामागिरावट पनि देखिएको छ।

ब्रोकरहरुले प्राप्त गर्ने कमिशनमा पनि निराशाजनक गिरावट देखिएको छ। बजारमा देखिएको यो सुस्तताले लगानीकर्ता, ब्रोकर, बैकं तथावित्तिय संस्था ,लगायतअन्य सरोकारवालाहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा नोक्सान पुर्याईरहेको देखिन्छ।

बजारको प्रबृत्तीलाई हेर्दा उच्चतम विन्दुमा बजारमा प्रबेश गरेका लगानीकर्ताहरु थपमारमा परेको देखिन्छ। वियरिस लय समातेको सेयर बजारमालामो समय उतावचढावपुर्ण क्षण पार गरिसक्दा पनि अपेक्षीत सुधार आउन सकिरहेको  छैन्।

उच्ततम विन्दुमा बजार प्रबेश गरेका लगानीकर्ताहरु बजारमा देखिएको लामो वियरिस  ट्रेण्डले थलीएका छन्। केही लगानीकर्ताहरु घाटामै सेयर बेचेर बाहीरिए पनि बजारको लय सुधारीने आशमा आफ्नो पोर्टफोलीयो होल्ड गरेर बसेका लगानीकर्ताहरुको सङख्या धेरै रहेको देखिन्छ।

उनिहरुले प्राप्त बोनश र हकप्रद सेयर समायोजन गर्दा समेत आफ्नो पोर्टफोलीयोलाई ब्रेक इभनमा ल्याउन सकेका छैनन् । किन कि उनिहरुले खरिद गरेका सुचिकृत कम्पनीहरुको मुल्य अहिले ७० प्रतिशत सम्म घटेको छ। यद्य, बजारमा पछि प्रबेश गरेका लगानीकर्ताहरको हकमा भने तुलनात्मक रुपमा केही सहज स्थीती देखिन्छ । यस विचमा केही नयाँ तथा अल्पकालीन कारोबारीहरुले बजारबाट आम्दानीगर्न सकेको अनुमान गर्न सकिन्छ।

बजारको यो लामो मन्दीका पछाडी अधिक आपुर्ती मुख्य कारण देखिएको छ । पुँजि बृद्धी प्रकृयामा बजारमा सुचिकृत भएका हकप्रद तथा बोनस सेयर,  पछिल्लो समय  निस्काशन भएका प्राथामिक तथा एफपिओ सेयरले गर्दा बजारको दायरा ठुलो भएको छ । 

हुनत सेयर बजारका लगानीकर्ताहरुको नजरमा पुँजीबजारप्रति अनुदार मानीएका वामशक्तिहरुको राष्ट्रिय राजनीतीमा जबरजस्तउदय पछि बजारमा केही आशंकाहरु पनि सृर्जना भए।

तर, त्यसको तुलानमा मागको उचित सिर्जना हुन नसक्दा बजारमा दवाब पैदा भएको देखिन्छ। यही दवाबको कारणले गर्दा नै सुचिकृत कम्पनिका वित्तियविवरणहरु राम्रो हुदाहुदै पनि त्यीकम्पनीहरुको मुल्यमा गिरावट देखिएको छ। र, बजारको सिजनमै बजारमा सुस्तता देखिने गरेको छ।

यस विचमा बजारमा नितिगत तथा प्राविधिक रुपमा केही सुधार देखिए पनि त्यसलाई बजारले सदुपयोग गर्न नसकेको देखिन्छ। बजारमा सुधारका  धेरै अबसरहरु पछिल्लो समय निस्फल देखिएका छन्। देशको राजनितिको लागि कोशे ढुङ्गा मानिएका विभिन्न चरणमा भएका स्थानीय चुनाव, प्रदेश तथा संघिय चुनावको महत्वपुर्ण अबसरहरु पनि बजारको लागि निस्कृय भए।

देशमा राजनैतीक स्थीरतापछि समृद्धीको यात्रा सुरु भए संगै सेयर बजारमा ठुलो सुधारको आशामा रहेका लगानीकर्ताहरु देशमा स्थीर राजनितीको प्रारम्भ भएपछि पनिबजार प्रति कृयाहीन बनेपछि थप निराश भए । हुनत सेयर बजारका लगानीकर्ताहरुको नजरमा पुँजीबजारप्रति अनुदार मानीएका वामशक्तिहरुको राष्ट्रिय राजनीतीमा जबरजस्तउदय पछि बजारमा केही आशंकाहरु पनि सृर्जना भए।

पटक पटक वामपन्थी शक्तिहरुले लगानीकर्ताका त्यीआशंकाहरुलाई चिर्ने कोशीश गरेर आफुहरुलाई खुल्ला बजार अर्थतन्त्रको पक्षमा उभ्याउन खोजेपनिल गानीकर्ताहरु आश्वस्तहुन सकेनन्। यस विचमा आएको बजेट तथा मौद्रीक नितिमा पनि बजार निरपेक्ष बन्यो।

हुनत, वित्तिय प्रणालीमा देखिएको तरलता अभावले पनिब जारलाई दबावमै राख्यो। चर्को ब्याजदर र मार्जीन कलले गर्दा लगानीकर्ताहरु खुल्न सकेनन्। बजारमा अल्पकालीन लगानीकर्ताहरु हावि हुनु, ठूलो तथा संस्थागत लगानीकर्ताहरुले रक्षात्मक लगानी गर्नु, नयाँ लगानीकर्ता भित्रिन नसक्नुको साथै लगानीकर्तामा सेयर शिक्षाको अभावले देखिएको अन्यौलता र कमजोर मनोविज्ञानले पनि बजारमा सकारात्मक वातावरण बन्न सकेको छैन्।

ब्रोकर शाखा खोले पनित्यहा नियामकहरुबाट सेयर बजार सम्बन्धी जनचेतना जगाउने, सेयरमा लगानी गर्न प्रोत्साहन गर्ने जस्ता काम नहुदा लगानीकर्ताहरु अलमलमा परेका छन्। तसर्थ बजार बलीयो बनाउनको निम्तिमाग सृजना गर्ने काम सरकार तथा सरोकारवा लानिकायको प्रमुख प्राथामिकतामा पर्नु जरुरी छ। जसको लागि देशैभरीबाट सेयर कारोबार गर्न सक्ने संयन्त्रको विकाशगर्नु जरुरी छ ।

साउनबाट परिक्षण सुरु गरिएको स्वचालीत प्रणाली लगायतका अन्यप्राविधिक , भौतीक तथा नितिगत सुधारका कामहरुमा सरकार अझ बढी सकृय बन्नु आबस्यक छ ।  देश राजनैतीक परिबर्तनपछि आर्थीक समृद्धीको यात्रामा अगाडी बढीरहदा देशमा पुँजी निर्माण तथा परिचालनको मुख्य पाटोको  रुपमा रहने पुँजी बजारको विकाशविस्तार र विविधिकरण मा सरकार गम्भिर बन्नुपर्ने देखिन्छ।

बजार घढ्नु वा बढ्नु पुजिबजारको शुन्दरता हो। त्यसैले बजार घट्दैमा आत्तीहाल्नुपर्ने त होईन तर पछिल्लो समय बजार अस्वभाविक रुपमा कमजोर बन्दा धेरै लगानीकर्ताहरु ट्राप्पमा परेका छन्। यसमा गम्भिर बन्नै पर्छ।

र,  अर्को कुरा के बुझ्नु जरुरी छ भने बजारमा देखिएको यो सुस्तताले एउटा अर्को अबरसर संग संगै लिएर आएको छ। अधिकाशं सुचिकृत कम्पनीहरुको मुल्यमा आएको भारि गिरावटले बजारमा लगानिको  एउटा महत्वपुर्ण अवसर ल्याईदिएको छ। त्यसकारण पनि यो लगानीको निम्ति उच्चतम अबसर हो।

साउनबाट परिक्षण सुरु गरिएको स्वचालीत प्रणाली , तरलता अभाव र  चर्को ब्याजदरको समस्यालाई हलगर्न राष्ट्र बैकंले गरेको प्रयास को साथै सुचिकृत संस्थाका आउदै गरेका वित्तिय विवरणहरुले पनि अगामी दिनमा बजार सुधारमा केही भुमिका खेल्नेछ भन्ने अपेक्षागर्न सकिन्छ।

तसर्थ बजारका आधारभुत पक्ष, कम्पनिहरुको वित्तिय अबस्थाप्रति सेयर आम्दानी, नेटवर्थ, मुल्य आम्दानीअ नुपात, ब्याबस्थापकिय पक्ष, लाभाशं दर, आफ्नो जोखिम बहन क्षमता लगायतका विभिन्न वित्तिय सुचकहरुको अध्यान गरि विविकपुर्ण लगानि गर्नु राम्रो हुन्छ।

यो पनि पढ्नुहोस्

व्यवस्था परिवर्तनको नेपथ्यमा, अवस्था परिवर्तनको आकांंक्षा

सुधारको संघर्षमा सेयर बजार 

समय र सुचनाको विवेकपुर्ण व्यवस्थापन : सेयर बजारमा सफलताको आधार

आपूर्ति ब्याबस्थापन चुनौतीपूर्ण बन्दै

पुँजी निर्माण र आर्थिक समृद्धिको निम्ति सेयर बजार

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको