Like us!
Follow us!
Connect us!
Watch us!

स्टकका प्रमुख साउदलाई कार्यालय प्रवेशमा रोक

बुधबार, ०२ साउन २०७५, १३ : ३१ मा प्रकाशित

स्टकका प्रमुख साउदलाई कार्यालय प्रवेशमा  रोक

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्जका तत्कालीन कार्यकारी प्रमुख  चन्द्रसिंह साउदलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेश मार्फत नियमित काममा फर्किएका तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई हाजिर गर्न नदिएको हो ।

अन्तरिम आदेश मार्फत मंगलबार हाजिर गरेर फर्किएका साउदलाई बुधबार नेप्सेमा हाजिर गर्नबाट रोकिएको बताइएको छ ।

 अर्थ मन्त्रालयले असार २२ गतेको मन्त्रीस्तारिय निर्णय बमोजिम अर्को व्यवस्था नभएसम्मकालागि सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृतका रूपमा रमेश अर्याललाई नियुक्त गरेको थियो।

सोहि नियुक्तीलाई निरन्तरता दिन सरकारी दवावका कारण नेप्सेले साउदलाई हाजिर गर्न नदिएको बताइन्छ ।

 नेप्सेको प्रमुख कार्यकारी अधिकृतका रूपमा रमेश अर्यालले नै कार्यभार सम्हालिरहेका छन्। सरकारलेनै अदालती नि

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको