Like us!
Follow us!
Connect us!
Watch us!

इखुवाखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता

बुधबार, ०२ साउन २०७५, १३ : ३७ मा प्रकाशित

इखुवाखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता

अर्थ संसार, काठमाडौँ – भोजपुरमा आयोजनास्थल रहेको १४ मेगावाट क्षमताको इखुवाखोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता भएको छ ।

नेपाल विद्युत् प्राधिकरणमा उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र इखुवाखोला जलविद्युत आयोजनाको प्रर्वद्धक आरती पावर कम्पनीका कार्यकारी सञ्चालक प्रकाश दुलालले हस्ताक्षर गर्नुभयो ।
 
भोजपुरमा आयोजनास्थल रहेको सो आयोजनाबाट २०७९ मंसिर १ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सम्झौताअनुसार प्राधिकरणले सो आयोजनाबाट उत्पादित विद्युत् वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा खरिद गर्नेछ ।

आयोजनाबाट उत्पादित विद्युत् संखुवासभा जिल्लाको शितलपाटीमा निर्माण हुने २२० केभीको सवस्टेशनमा जोडिनेछ । आयोजना स्थलबाट सवस्टशेनसम्म विद्युत् लैजान प्रवद्र्धक कम्पनी आफैले आठ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेछ ।

आयोजनाको कूल लागत रु दुई अर्ब ६० करोड रहेको छ । त्यसमा रु ७८ करोड स्वपूँजी रहनेछ भने रु एक अर्ब ८२ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइने प्रवद्र्धक कम्पनीका कार्यकारी सञ्चालक दुलालले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको