Like us!
Follow us!
Connect us!
Watch us!

निर्माणको राजा जेबिसी, प्लान्ट भ्रमणपछि आयो यस्तो प्रतिक्रिया

बुधबार, ०२ साउन २०७५, १४ : ४० मा प्रकाशित

निर्माणको राजा जेबिसी, प्लान्ट भ्रमणपछि आयो यस्तो प्रतिक्रिया

अर्थ संसार, काठमाडौं– नेपालमा लनमो समयदेखि भौतिक निर्माण तथा सार्वजनिक निर्माणमा लोकप्रिय ब्राण्डको रुपमा स्थापित जेसिबीका उपभोक्ताले त्यसको काराखानाको भ्रमण गरेका छन् । गत असार १० देखि १३ गतेसम्म भ्रमणको आयोजना गरिएको हो ।

चार दिने उक्त भ्रमणका क्रममा जेसिबीको मेशिनहरु कसरी हुन्छन्, त्यसको निर्माण प्रक्रिया के हो भन्ने बारेमा आधिकारिक वितरण तथा उपभोक्ताले जानकारी लिएका हुन् ।

विश्वकै सबैभन्दा विश्वासिला र भरपर्दो जेसिबीका मेशिनको उत्पादन भारतको  पुनेमा हुने गरेको छ । कसरी मेशिन निर्माण हुन्छ र त्यसको प्रक्रिया के हो भन्ने बारेमा जानकारी लिइएको एमएडब्ल्यू अर्थमुभरर्स प्रालिले जानकारी दिएको छ ।

जेसिबीका तीन टलदेखि ३८ टनसम्मका मेशिन उत्पादन हुने गरेको छ । यस्तै भारतको पुणे प्लान्टको समेत भ्रम्रण गरेका थिए । जेसिीका डोजर , एक्ट्रोभटरलगायतको उत्पादनले निर्माण कार्यमा नयाँ आयाम थपेको छ ।

आफूले असाध्यै धेरै खुसीका क्षणहरु अनुभव गरेको सो प्लान्टको निरिक्षण गरेकाहरुले प्रतिक्रिया दिए । उनीहरुले एमएमडब्ल्यू अर्थमुभरर्सलाई धन्यवाद समेत दिए । रमेश गिरि पनि सोही कम्पनीबाट जेसिबीको प्लान्ट निरिषणमा जानु भउको थियो । प्लान्ट भ्रमणपछि उहाँले आफूले जेसिबीको मेशिनप्रतिको विश्वास थप बढेको बताउनुभयो ।

केहीले जेसिबीका थप मेशिन खरिद गर्ने वचन समेत दिएका छन् । विश्वका ८५ मुलुकमा जेसिबीका मेशिन प्रयोगमा छन् ।

5b4f01ed4dfce.jpg 5b4f01fca7d0c.jpg 5b4f02079cda0.jpg 5b4f02097d591.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको