Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मा नीजि क्षेत्रलाई

बुधबार, ०२ साउन २०७५, १५ : २१ मा प्रकाशित

काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मा नीजि क्षेत्रलाई

अर्थ संसार, काठमाडौँ – सरकारले काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनको जिम्मा नेपवेष्ट कम्पनी प्राइभेट लिमिटेडलाई दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा, ओलीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले नेपवेष्टसंग भएको आयोजना विकास सम्झौता (पीडीए) लाई स्वीकृत गरेको बोर्डले जनाएको छ ।

 नेपवेष्टले काठमाडौं महानगरपालिका, चन्द्रागिरी, दक्षिणकाली, नागार्जुन, तारकेश्वर, गोकर्णेश्वर, टोखा, बुढानिलकण्ठ, कागेश्वरी मनहरा र शंकरापुर गरी १० नगरपालिकामा फोहरमैला व्यवस्थापनको जिम्मेवारी लिनेछ ।

बोर्डको सोही बैठकले प्रस्तावित पश्चिमसेती जलविद्युत आयोजना सिघ्र कार्यन्वयनका लागि अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसंग समन्वय गरी परियोजनाका सम्बन्धमा विकासकर्ता चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेशनसंग वार्ता गरी २ महिनाभित्र निश्कर्षमा पुग्न बोर्डलाई निर्देशन दिएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले जानकारी दिनुभयो ।

नेपालमा सौर्यऊर्जा उत्पादन तथा व्यवस्थापनका लागि डोल्मा फण्ड म्यानेजमेन्टले ल्याउन लागेको २० अर्ब रुपैयाँ अर्थात २० करोड डलर वैदेशिक लगानी स्वीकृत गरेको छ ।

 सोलार परियोजनामा आउन लागेको यो सबैभन्दा ठुलो वैदेशिक लगानी हो । बोर्ड ऐन संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रि कार्यालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको