Like us!
Follow us!
Connect us!
Watch us!

लागू भयो टाईम कार्ड, अब रोकिएला टिपर आतंक ?

बुधबार, ०२ साउन २०७५, १६ : २३ मा प्रकाशित

लागू भयो टाईम कार्ड, अब रोकिएला टिपर आतंक ?

अर्थ संसार, काठमाडौं ,तिब्र नागरिक बिरोध पछी उपत्यकाको बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न उपत्यका ट्राफिक प्रहरी महाशाखाले मंगलवारवाट टाइम कार्ड लागु गरेको छ ।

पछिल्लो समय मालवाहक टिपर र ट्रकको ठक्करवाट साना सवारीका चालक र पैदलयात्रुको ज्यान जाने क्रम बढेपछि काठमाडौ उपत्यकामा टाइम कार्ड लागु गरेको हो ।गृह मन्त्रालयले साउन १ गतेवाट मालबाहक टिप्पर र ट्रक, राती ८ वजेदेखी विहान पाच वजेसम्म प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्रै चलाउने व्यवस्था गरेको हो ।

त्यस्तै अबदेखि सडकको बाँयातर्फबाट मात्र टिप्पर, ट्रक र अन्य मालवाहक सवारी साधन चलाउने व्यवस्था गरेको छ भने मोटरसाईकल, जिप, भ्यान, ट्याक्सी लगायत साना सवारी साधन सडकको दाँया लेनमा मात्रै चलाउनुपर्ने छ ।

तेस्तै गरी  धेरै जसो दुर्घटना ड्राइभरको लापरवाहीको कारण हुने भएकोले यस्मा पनि ट्राफिक प्रहरी महाशाखाको ध्यान जानु पर्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको