Like us!
Follow us!
Connect us!
Watch us!

नागवेली लघुवित्तको हकप्रद आजदेखि निष्कासन

शुक्रबार, ०४ साउन २०७५, ०८ : १५ मा प्रकाशित

नागवेली लघुवित्तको हकप्रद आजदेखि निष्कासन

अर्थ संसार, काठमाडौं – नागवेली लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर निष्कासन  आजदेखि  भएको छ ।  

कम्पनीले १ बराबर १ को अनुपातमा प्रति सेयर एक सय अङ्कित दरको ७ लाख ६६ हजार ४ सय ६३ दशमलव १५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

यो हकप्रदमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले असार २१ गते बुक क्लोज गरेकाले असार २० गतेसम्म सेयर स्वामित्व हुने सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर खरीदका लागि कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको