Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहको सपथ ग्रहण

शुक्रबार, ०४ साउन २०७५, १० : ३३ मा प्रकाशित

मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहको सपथ ग्रहण

अर्थ संसार, काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ ।

मेगा बैंकको गत शुक्रबार राति काठमाडौँमा सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । साधारण सभामा छलफल तथा अनुमोदनका लागि पेश भएका समपूर्ण प्रस्ताब सभाले पारित गरेको थियो ।

वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पुँजीको १०.७५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय गरेको थियो । साथै सर्वसम्मतीबाट बैंकको अध्यक्षमा चयन भएका भोज बहादुर शाहले नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल समक्ष संचालक समितिको अध्यक्षको सपथ लिएका थिए ।

चुक्ता भएको साधारण शेयरको आधारमा मेगा बैंक वाणिज्य बैंकहरु मध्येकै दोस्रो ठूला बैंकको रुपमा रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको