Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ५.६३ अंकले बढ्यो, सबै समूहमा हरियाली

बुधबार, १३ पुस २०७३, १७ : ०५ मा प्रकाशित

नेप्से ५.६३ अंकले बढ्यो, सबै समूहमा हरियाली

अर्थ संसार
काठमाडौं–केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार भने ५.६२ अंकले बढेको छ । 
नेप्से परिसूचक १४०७.५३ अंबाट बढेर १४२२ अंकसम्म पुगेको थियो । निरन्तर बढेको बजार पुनः खस्केर १४०५ अंकमा आएर बन्द भएको हो ।  

समान्य अंकले बढेको बजारमा सबैभन्दा बढी होटल ३९.४५, जलविद्युत ३०.७१, बिमा २९.७१, विकास बैंक १२.२५, वित्तीय ३.५६, बैंक २.६८ र अन्य ०.५८ अंकले बढेको छ । यस दिन पनि अरु दिनजस्तै एनवि इन्सुरेन्स कम्पनीका लगानीकर्ताले आफ्नो आम्दानी ८.१३ प्रतिशतले बढाएका छन् । त्यसै गरी नेपाल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले पनि आफ्नो आम्दानी ६.०४ प्रतिशतले बढाएका छन् । 

सामान्य अंकले बढेको बजारमा ललितपुर फाइनान्स लिमिटेको सेयर मूल्य भने उच्च दरले घटेको छ । यस कम्पनीका सेयरधनीले ६.४८ प्रतिशतले गुमाएका छन् । त्यसै गरी युनिक फाइनान्सका सेयरधनीले पनि ४.८ प्रतिशतले गुमाएका छन् । 

यस दिन १२८ कम्पनीको १३ लाख ८३ हजार कित्ता सेयर ४६ करोड १२ लाख ८८ हजार रुपैयाँमा कारोबार भयो । नेप्से सामान्य अङ्कले बढदा यो दिन सबै समूहमा हरियाली देखिएको छ ।
 

यो पढ्नु भयो ? 

कार्यप्रगतिका नाममा पुनर्निर्माण प्राधिकरणले बाँड्यो करोडौंको विज्ञापन, भूकम्पपीडित भने अझै पालमुनि

सुनको मूल्य बढ्यो

डिप्रोक्सले दिने भयो बम्पर लाभांश, ५४ प्रतिशत दिने

कुचो बेचेर धानिएको एउटा जिन्दगी

मुसहर बस्ती बनाउन धुर्मुश बर्दिबासमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको