Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा बुढानिलकण्ठ नगरपालिकामा

आइतबार, ०६ साउन २०७५, ०७ : ३५ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा बुढानिलकण्ठ नगरपालिकामा

अर्थ संसार, काठमाडौं -सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बुढानिलकण्ठको वडा नं ८ हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

हात्तिगौंडा शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ  र बुढानिलकण्ठको मेयर उद्धव प्रसाद खरेलज्यूले गर्नुभयो ।

उद्धघाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती थियो ।

शाखा उद्धघाटन पश्चात् बैंकको काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको