Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै सिटिजन्स बैंक, नाफा १ अर्ब ४० करोड ८४ लाख

आइतबार, ०६ साउन २०७५, ०८ : ५७ मा प्रकाशित

नाफामा अब्बल बन्दै सिटिजन्स बैंक, नाफा १ अर्ब ४० करोड  ८४ लाख

अर्थ संसार, काठमाडौं–सिटिजन्स बैंक इन्टरनेटशले गत आर्थिक वर्षमा १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आवमा यसको नाफा ३२ करोड ६२ लाख ९३ हजार रुपैयाँ रहेको छ । यो बैंकले अघिल्लो वर्ष १ अर्ब ८ करोड १६ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो ।

सिटिजन्सको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ छ । यसले गत आवसम्मा ६१ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५७ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको हालसम्को लगानी ८ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ७६ करोड रुपैयाँ छ ।

बार्षिक ११.७८ को बेसरेट रहेको यो संस्थाको औषत् व्याजदर भने ३.८४ प्रतिशत रहेको छ । यो बैंकको खराब कर्जा अनुपात १.२५ प्रतिशत रहेको छ । यसको कर्जा तथा निक्षेपको अनुपात (सीडी रेसियो) ७७.८७ प्रतिशत रहेको छ ।

यो बैंकको प्रतिशेयर आम्दानी १७.५३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३४.४६ रुपैयाँ रहेको छ । यसको रिटर्न अफ इक्युटी (आओई) १३.९५ प्रतिशत छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको