Like us!
Follow us!
Connect us!
Watch us!

नेसनल माइक्रोफाइनान्सको नाफा ८ करोड

आइतबार, ०६ साउन २०७५, १२ : ३३ मा प्रकाशित

नेसनल माइक्रोफाइनान्सको नाफा ८ करोड

अर्थ संसार, काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ५७ लाख ६३ हजार रुपैयाँ  नाफा कमाउन सफल भएको छ ।

अघिल्लो वर्ष कम्पनीले ७ करोड २१ लाख ११ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २३.०६५ र १८.९२५ ले बढेको छ ।
 
सञ्चालन नाफा पनि ११ करोड ३३ लाखबाट १३ करोड ४७ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ । निक्षेप संकलन ३२ करोड ६० लाखबाट बढोत्तरी गरेर ७४ करोड ५८ लाख ३४ हजार रुपैयाँ पुर्याएको नेसनलले २ अर्ब ४१ करोड ७० लाख ६१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

अघिल्लो वर्ष १४ करोड १ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको नेसनलले यो त्रैमाससमा आइपुग्दा १७ करोड २३ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ ।
 
यता, कम्पनीको खराब कर्जा भने बढेर ०.९२५ पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा ०.४७५ मात्र थियो । चुक्ता पुँजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको नेसनलको जगेडा कोषमा १७ करोड १० लाख ३ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा कम्पनीको जगेडा कोषलाई आकर्षक मान्न सकिन्छ । यसको प्रतिसेयर आम्दानी ७१ रुपैयाँ २६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ भने २४२ रुपैयाँ ०८ पैसा छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको