Like us!
Follow us!
Connect us!
Watch us!

एलियनको कथामा फिल्म बन्दै , १० करोड लगानी

आइतबार, ०६ साउन २०७५, १५ : ४५ मा प्रकाशित

एलियनको कथामा फिल्म बन्दै , १० करोड  लगानी

अर्थ संसार, काठमाडौं– नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको छ । चलचित्रको नाम यलियन्स रहने छ । चलचित्रलाइ लोकनाथ गौतमले निर्देशन गर्ने भएका छन् । 

चलचित्र एलियन्सको यतिबेला स्कृप्ट र लोकेशन हेर्न कार्य भइरहेको छ । एलियन्सको बारे २ बर्ष रिसर्च पश्चात निर्माण यूनिट स्कृप्ट तयार गरिरहेको छ । एलियन्सको कथा भएको कारण अधिकांश दृष्य एनिमेशन र भिएफएक्स गर्नु पर्ने भएको कारण चलचित्रको बजेट १० करोड पुग्ने निर्देशक गौतम बताउछन् ।

उच्च प्राबिधिक र उच्च मेकिङ को लागी  भारत बाट प्राबिधिक  ल्याउने तयारी भइरहको छ । नेपाली चलचित्र पनि स्तरिय बन्नु पर्ने र नेपाली चलचित्रलाइ अन्तराष्ट्रिय मार्केटमा प्रतिस्पर्धि गर्न सक्ने बनाउनु पर्छ भन्ने लक्ष्यको साथ यो महत्वकांक्षि चलचित्र बनाउने आँट गरिएको गौतम बताउछन् ।

चलचित्रका कलाकार एव प्राबिधिकलाइ एक औपचारिक कार्यक्रम आयोजना गरेर चाडै सार्वजनिक गरिने निर्देशक गौतमले जानकारी दिए । १२ बर्ष देखि निरन्तर चलचित्र क्षेत्रमा सक्रिय गौतमले थुप्रै सिरियल निर्माण एव निर्देशन गरिसकेका छन् भने रोमान्स र लभ इज लाइफ नामक चलचित्र पनि निर्देशन गरि सकेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको