Like us!
Follow us!
Connect us!
Watch us!

ऐरावती गाउँपालिकाको बरौलामा मेगा बैंकको १०१ औं शाखा

सोमबार, ०७ साउन २०७५, ०८ : ५७ मा प्रकाशित

ऐरावती गाउँपालिकाको बरौलामा मेगा बैंकको १०१ औं शाखा

अर्थ संसार, काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले प्यूठान जिल्लाका ऐरावतीे गाउपालिकाको वडा नं २ को बरौलामा नयाँ शाखा विस्तार गरेको छ ।

गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले प्यूठान जिल्लाका ऐरावतीे गाउपालिकाका बरौलामा नयाँ शाखा विस्तार गरेको हो ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो ।

नेपाल राष्ट्र बैकले ग्रामिण भेगको १८ क्षेत्रहरुमा शाखा खोल्नु पर्ने दिएको निर्देशन अनुसार मेगा बैंकले सबै क्षेत्रहरुमा शाखा खोलिसकेको जानकारी गराउनु भयो ।

मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उहाँले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताउनुभयो ।

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा १०१ वटा शाखा विस्तार गरेको हो भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ ।

मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन्।

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको मेगा बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको