Like us!
Follow us!
Connect us!
Watch us!

केवाइसी उपलब्ध गराउन नेप्सेको आग्रह

मंगलबार, ०८ साउन २०७५, १३ : ५१ मा प्रकाशित

केवाइसी उपलब्ध गराउन नेप्सेको आग्रह


अर्थ संसार,  काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सेयर कारोबारका लागि व्यक्तिगत विवरण अद्यावधिक गर्न सेयर लगानीकर्तालाई आग्रह गरेको छ ।

 पूर्ण सञ्चालित अनलाइन कारोबार प्रणाली शुरु भइसकेको सन्दर्भमा नेप्सेले शेयर दलाल कम्पनीमा सम्पर्क गरी सो विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली शुरु गरेको हो । आजसम्म सो प्रणालीमा ५० वटै दलाल कम्पनी आबद्ध भइसकेका छन् ।

नेप्सेले भनेको छ, “व्यक्तिगत विवरण अद्यावधिक गरी युजरनेम र पासवर्ड लिई अनलाइन कारोबार प्रणालीमा जोडिन आग्रह गर्दछौँ ।”

यो परीक्षण कारोबार भएकाले उपलब्ध गराइएको युजरनेम र पासवर्डमार्फत लगानीकर्ताले कारोबारको विवरण मात्र हेर्नसक्ने मात्रै व्यवस्था गरिएको छ । परीक्षण कारोबारका क्रममा सरोकार भएका व्यक्तिबाट प्राप्त भएको सुझावलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टममा यथाशक्य समेटिने प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो ।

5b56e42f8d269.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको