Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकले ल्यायो अमेरिकीबाट डलरमा ऋण बैंक

बुधबार, ०९ साउन २०७५, ०८ : २९ मा प्रकाशित

एनएमबी बैंकले ल्यायो अमेरिकीबाट  डलरमा ऋण बैंक

 अर्थ संसार, काठमाडौं– एनएमबी बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको विश्लेषण गरेपश्चात् नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो ।

बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेसन ९आइएफसी० बाट ऋण ल्याउन लागेको हो । आइएफसीका प्रतिनिधि मण्डलले अप्रिल २०१८ मा एनएमबी बैंकको भ्रमण गरी ऋणको कार्यान्यवन योजना तथा लगानी क्षेत्रहरूको गहन अध्ययन गरेको बैंकले जनाएको छ ।

वित्तीय क्षेत्रमै पहिलोपटक एनएमबी बैंकले नेपाल सरकारको विकास नीति तथा कार्यक्रममा पर्ने क्षेत्रहरू जस्तै– कृषि, ऊर्जा, पर्यटन, राष्ट्रिय राजमार्ग, विद्युत् प्रसारण लाइन, केबलकार, सुरुङमार्ग, एयरपोर्ट, पुल, साना तथा मझौला व्यवसाय, लघुवित्त गरी विभिन्नखाले आधारभूत संरचनाका क्षेत्रमा वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाव पार्ने उद्देश्यले काम गरिरहेको बैंकको दाबी छ ।

बैंकले अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट समेत यस्तै प्रकारका ऋण ल्याउन पहल गरिरहेको जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको